नागढुङ्गा–मुग्लीन सडकका लागि नदीजन्य निर्माण सामग्री निकाल्न अनुमति

नागढुङ्गा–मुग्लीन सडकका लागि नदीजन्य निर्माण सामग्री निकाल्न अनुमति

धादिङ — निर्माणाधीन नागढुङ्गा–मुग्लीन सडक खण्डका लागि आवश्यक खानी तथा नदीजन्य सामग्री निकाल्न स्थानीय प्रशासनले अनुमति दिएको छ।

लामो समयदेखि स्थानीयको विरोधका कारण त्रिशूली नदीसहित आसपासका खानी र खोलाबाट निर्माण सामग्री संकलनमा रोक लगाइएको थियो। अव्यवस्थित उत्खननका कारण पानीका मुहान सुक्ने तथा धार्मिक र सार्वजनिक संरचनामा असर पर्ने भन्दै मलेखुका स्थानीयले पटक–पटक जिल्ला प्रशासनसँग गुनासो गरेका थिए।

सडक निर्माण कम्पनी र स्थानीयबीच छलफलपछि मात्र नदीजन्य सामग्री निकाल्न दिने सहमति भएको थियो । । आज सर्वपक्षीय सहमतिपछि व्यवस्थित रूपमा निर्माण सामग्री संकलन गर्न सहमति दिइएको हो।

खानी तथा नदीजन्य सामग्री अभावका कारण सडक स्तरोन्नति कार्य प्रभावित भई काम लगभग ठप्पजस्तै बनेको थियो। ढुंगा, बालुवा र गिट्टीको अभावले कालोपत्रेका लागि आवश्यक बेससमेत तयार हुन सकेको थिएन।

अब स्थानीयस्तरमै सामग्री सहज रूपमा उपलब्ध हुने भएपछि सडक निर्माणले गति लिने अपेक्षा गरिएको छ। वर्षायाममा सवारी आवागमन झन् प्रभावित हुने सम्भावना देखिएपछि स्थानीय प्रशासनको पहलमा स्थानीय तह र बासिन्दासँग सहकार्य गरी सामग्री निकाल्ने सहमति जुटाइएको हो।

खोलानाला र खानीबाट सामग्री संकलन गर्दा स्थानीयको निगरानीमा तोकिएको स्थान र परिमाणअनुसार मात्र उत्खनन गरिनेछ। सार्वजनिक स्थल, धार्मिक सम्पदा तथा पुलपुलेसामा क्षति नपुग्ने गरी त्रिशूली नदीलगायत आसपासका खोलाबाट सामग्री निकाल्न निर्माण कम्पनीलाई अनुमति दिइएको छ।

साथै, वातावरणीय प्रभाव मूल्यांकन (EIA) र प्रारम्भिक वातावरणीय परीक्षण (IEE) भएका स्थानमा मापदण्ड पालना गरी उत्खनन गर्न धादिङ प्रशासनले निर्देशन दिएको छ। नियम उल्लंघन भए कानुनी कारबाही हुने चेतावनीसमेत दिइएको छ।

नागढुङ्गा–मुग्लीन सडक आयोजनाअनुसार कालोपत्रेका लागि अझै करिब ६ लाख घनमिटर खानी तथा नदीजन्य निर्माण सामग्री आवश्यक पर्ने बताइएको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

कूटनीतिक राहदानीको दुरुपयोग रोक्न कडाइ गरिने

कूटनीतिक राहदानीको दुरुपयोग रोक्न कडाइ गरिने

रासायनिक मल आपूर्तिमा सहजीकरणका लागि मन्त्री चौधरीको पहल

रासायनिक मल आपूर्तिमा सहजीकरणका लागि मन्त्री चौधरीको पहल

नागढुङ्गा–मुग्लीन सडकका लागि नदीजन्य निर्माण सामग्री निकाल्न अनुमति

नागढुङ्गा–मुग्लीन सडकका लागि नदीजन्य निर्माण सामग्री निकाल्न अनुमति

भ्रामक सूचना सम्प्रेषण नगर्न सञ्चार मन्त्रालयको आग्रह

भ्रामक सूचना सम्प्रेषण नगर्न सञ्चार मन्त्रालयको आग्रह

सम्पत्ति छानबिन आयोगले काम सुरु गर्‍यो, आयोगलाई एक वर्षको कार्यअवधि निर्धारण

सम्पत्ति छानबिन आयोगले काम सुरु गर्‍यो, आयोगलाई एक वर्षको कार्यअवधि निर्धारण

ओमानसँग नेपाल ‘ए’ टोली पराजित

ओमानसँग नेपाल ‘ए’ टोली पराजित