एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर

एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण गरेको अभियोगमा पुरातत्व विभागका तत्कालीन सिनियर डिभिजनल इञ्जिनियर पूर्णबहादुर श्रेष्ठ र सहायक पथ प्रदर्शक देउकला अधिकारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

निर्माण सेवाका सञ्चालक तथा सम्वद्ध संयुक्त उपक्रमहरुको बैंक खाताबाट देउकला अधिकारीको नाममा रहेको बैंक खातामा रकम जम्मा गराएको पाइएको छ । आयोगका अनुसार, त्यसरी प्राप्त भएको घुस रकमबाट संयुक्त रुपमा सम्पत्ति खरिद गरेको पाइएको छ । निर्माण सेवा प्रालिले एकल वा संयुक्त उपक्रममा समावेश भई विभागले गरेको ठेक्का सम्झौता मध्ये कुल रु ६४ करोड २१ लाख ८९ हजार बराबरको ठेक्कामा रु चार करोड २२ लाख ७५ हजार, नौ सय ८५ बराबरको रकम घुस लिएको आयोगको आरोप छ ।

भ्रष्टाचार गरेर आर्जन गरेको रकमबाट आपसी मिलेमतो र योजनामा जग्गा एवम् सुन खरिद गरेको तथा विभिन्न व्यक्तिलाई भुक्तानी समेत गरेको पाइएको आयोगले जनाएको छ । गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति लुकाउने रुपान्तरण तथा हस्तान्तरण गर्ने गराउने कार्य गैरकानुनी कार्य भएको ठहर गरिएको छ । पूरातत्व विभागका तत्कालीन सिनियर डिभिजनल इञ्जिनियर श्रेष्ठ र सहायक पथप्रदर्शक अधिकारी विरुद्ध समान चार करोड २२ लाख ७५ हजार नौ सय ८५ रुपैयाँ बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

डा केसीसँगको सहमति अन्तिम चरणमा, प्रधानमन्त्रीको जवाफ पर्खंदै वार्ता टोली

डा केसीसँगको सहमति अन्तिम चरणमा, प्रधानमन्त्रीको जवाफ पर्खंदै वार्ता टोली

तीन लाखभन्दा बढी विस्थापित – सार्वजनिक सेवा प्रसारण संस्था

तीन लाखभन्दा बढी विस्थापित – सार्वजनिक सेवा प्रसारण संस्था

पाँच सदस्यीय छानबिन समिति गठन – सार्वजनिक सेवा प्रसारण संस्था

पाँच सदस्यीय छानबिन समिति गठन – सार्वजनिक सेवा प्रसारण संस्था

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग औपचारिक रुपमा सञ्चालन

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग औपचारिक रुपमा सञ्चालन

साउनको दोस्रो सोमबार: पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो

साउनको दोस्रो सोमबार: पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो

नागढुङ्गा-सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन

नागढुङ्गा-सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन