नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन

काठमाडौ- सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

समितिमा अर्थ मन्त्रालयका सचिव डा धनश्याम उपाध्याय र भुवन कुमार दाहाल सदस्य रहनुभएको छ ।मन्त्रिपरिषद्को बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लीराज आचार्य तथ सदसयमा नवराज सिम्खडा र रोशनबहादुर शाक्यलाई नियुक्ति गर्ने निर्णय गरेको सञ्चारमन्त्री डा तिमिल्सिनाले बताउनुभयो ।

बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति दिएको छ । त्यस्तै, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय पनि बैठकले गरेको मन्त्री तिमिल्सिनाले बताउनुभयो ।

मन्त्रिपरिषद्को बैठकले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति दिएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

इरान-अमेरिका युद्धविराम लम्बिँदा तनाव कायमै

इरान-अमेरिका युद्धविराम लम्बिँदा तनाव कायमै

सुनचाँदीको मूल्यमा सामान्य गिरावट – सार्वजनिक सेवा प्रसारण संस्था

सुनचाँदीको मूल्यमा सामान्य गिरावट – सार्वजनिक सेवा प्रसारण संस्था

ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्रा सुरु, रथ तानेर गाबल पुर्‍याइयो

ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्रा सुरु, रथ तानेर गाबल पुर्‍याइयो

विश्व मातृ पृथ्वी दिवसः दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान

विश्व मातृ पृथ्वी दिवसः दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान

वीरगन्ज हुँदै ६ खर्ब ९४ अर्बको वस्तु तथा सामान आयात

वीरगन्ज हुँदै ६ खर्ब ९४ अर्बको वस्तु तथा सामान आयात

एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर