सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु – सार्वजनिक सेवा प्रसारण संस्था

सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु – सार्वजनिक सेवा प्रसारण संस्था

सिरहा- शनिबार साँझ आएको हावाहुरीका कारण सिरहामा घरको पर्खाल भत्किँदा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सखुवानन्कारकट्टी गाउँपालिका–२ मकरामपुर का ६० वर्षीया किसुनवती यादव रहेकी छन् । स्थानीय विन्देश्वर यादवकी श्रीमती किसुनवती शनिबार साँझ घरमै बसिरहेको अवस्थामा आएको तीव्र गतिको हावाहुरीले घरको जस्तापाता उडाएको थियो । जस्तापाता उडेसँगै घरको पर्खाल भत्किँदा इँटाले टाउकोमा लागेर उहाँ गम्भीर घाइते हुनुभएको थियो । चोटका कारण उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालकाअनुसार घटनालगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । उहाँका अनुसार, प्रहरीले घटनाको मुचुल्का उठाएर शव परीक्षणका लागि पठएको छ ।

गए राति मधेस प्रदेशका विभिन्न जिल्लामा आएको हावाहुरीले जनजीवन प्रभावित बनाएको छ भने अन्य क्षेत्रमा भएको क्षतिको विवरण पनि सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

पच्चीस सय वर्ष पुरानो चण्डेश्वरी जात्राः देवताको रक्षार्थ खुसीयालीको पर्व

पच्चीस सय वर्ष पुरानो चण्डेश्वरी जात्राः देवताको रक्षार्थ खुसीयालीको पर्व

अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो

अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो

काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी

काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी

सरकारले कर्मचारीलाई पन्ध्र दिनमै तलब भुक्तानी गर्ने

सरकारले कर्मचारीलाई पन्ध्र दिनमै तलब भुक्तानी गर्ने

अधिकारको उपयोग कि विकृति ? – सार्वजनिक सेवा प्रसारण संस्था

अधिकारको उपयोग कि विकृति ? – सार्वजनिक सेवा प्रसारण संस्था

यी प्रदेशमा हल्का वर्षाको सम्भावना

यी प्रदेशमा हल्का वर्षाको सम्भावना

निजामती कर्मचारी ट्रेड युनियन अधिकार रक्षामा जोड

निजामती कर्मचारी ट्रेड युनियन अधिकार रक्षामा जोड