नेप्सेमा नयाँ सर्किट ब्रेकर तथा मूल्य सीमासम्बन्धी व्यवस्था लागु हुने

नेप्सेमा नयाँ सर्किट ब्रेकर तथा मूल्य सीमासम्बन्धी व्यवस्था लागु हुने




काठमाडौँ- आगामी सोमबारदेखि सेयर बजारमा नयाँ सर्किट ब्रेकर तथा मूल्य सीमासम्बन्धी व्यवस्था लागु हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र कारोबार सञ्चालन विनियमावलीमा संशोधन गर्दै अब सूचीकृत कम्पनीको सेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घटबढ हुन सक्ने व्यवस्था गरेको हो ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) को स्वीकृतिपछि लागु हुन लागेको ‘धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२’ अनुसार सेयर बजारमा दैनिक मूल्य उतारचढावको सीमा १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याइएको हो ।

नेप्सेका अनुसार नयाँ व्यवस्थाले बजारलाई थप चलायमान बनाउने र मूल्य निर्धारण प्रक्रियालाई यथार्थपरक बनाउने अपेक्षा गरिएको छ । नयाँ व्यवस्थासँगै प्रिओपन समयमा मूल्य सीमा दुई प्रतिशतबाट बढाएर पाँच प्रतिशत कायम गरिएको छ । जसले बजार खुल्दा हुने अस्वाभाविक उतारचढावलाई कम गर्ने विश्वास गरिएको छ ।

यस्तै नेप्से परिसूचकमा आधारित सर्किट ब्रेकर प्रणालीमा पनि परिवर्तन गरिएको छ । कारोबार सुरु भएको दुई घण्टाभित्र बजार सूचक पाँच प्रतिशतले घटबढ भएमा १५ मिनेटका लागि कारोबार रोकिने भएको छ । यदि सूचक आठ प्रतिशतले घटबढ भएमा भने सो दिनको सम्पूर्ण कारोबार बन्द गरिने व्यवस्था गरिएको छ ।

यसअघि ४, ५ र ६ प्रतिशतका तीन तहको सर्किट प्रणाली रहेकोमा नयाँ व्यवस्थाले यसलाई घटाएर दुई तहमा सीमित गरेको हो । नयाँ व्यवस्थासँगै १५ प्रतिशतसम्मको मूल्य उतारचढावले सेयरको वास्तविक माग आपूर्ति अनुसार मूल्य छिटो समायोजन हुन मद्दत गर्ने भएको छ । जसले कृत्रिम रूपमा थुनिएको मूल्य प्रणालीलाई खुला बनाउने छ ।

यस्तै मूल्य दायरा बढेपछि खरिदबिक्रीका अवसर बढ्नुका साथै लगानीकर्ताले छिटो प्रवेश र बाहिरिने अवसर पाउने भएकाले कारोबारको मात्रा बढ्ने सम्भावना हुन्छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

रुख कटानको स्वीकृति – सार्वजनिक सेवा प्रसारण संस्था

रुख कटानको स्वीकृति – सार्वजनिक सेवा प्रसारण संस्था

सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम

सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम

डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा

डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान – सार्वजनिक सेवा प्रसारण संस्था

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान – सार्वजनिक सेवा प्रसारण संस्था