मनसुनजन्य विपद्को रोकथाम र प्रतिकार्यका लागि आवश्यक पूर्वतयारी शुरु

मनसुनजन्य विपद्को रोकथाम र प्रतिकार्यका लागि आवश्यक पूर्वतयारी शुरु

काठमाडौ- मनसुनजन्य विपद्को रोकथाम र प्रतिकार्यका लागि आवश्यक पूर्वतयारी थालिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी निकायका अधिकारीहरूको बैठकले आगामी सुक्खायाम र वर्षायाममा सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि प्राथमिकता निर्धारण गरि तीन दिन भित्र स्रोत सुनिश्चित गर्ने जनाएको छ ।

बैठकले विपद्को रोकथाम र प्रतिकार्यका लागि आवश्यक स्रोत सम्बन्धित मन्त्रालयको विनियोजित बजेटबाट व्यवस्थापन गर्ने तथा अपुग हुने स्रोत अर्थ मन्त्रालयसँग माग गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

यस्तै विपद् व्यवस्थापनसम्बन्धी उपकरण तथा सामग्रीको मौज्दात पाँच दिनभित्र एकीकृत विवरण तयार गर्ने पनि निर्णय गरिएको छ । आवश्यक थप उपकरणको विवरण सम्बन्धित निकायसँगको समन्वयमा तयार गरी प्राथमिकताका आधारमा खरिद गरेर उपलब्ध गराइनेछ, जसका लागि अर्थ मन्त्रालयले बजेट व्यवस्था गर्नेछ ।

विपद् व्यवस्थापनका सबै चरणहरूमा तीनै तहका सरकारहरुसँग प्रभावकारी समन्वय गरिने भएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम

सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम

डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा

डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान – सार्वजनिक सेवा प्रसारण संस्था

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान – सार्वजनिक सेवा प्रसारण संस्था

सचिवालय सदस्य श्रेष्ठले सभापति लामिछानेबाट लिए सपथ

सचिवालय सदस्य श्रेष्ठले सभापति लामिछानेबाट लिए सपथ

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार

जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार

हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार चारजना पत्रकारलाई

हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार चारजना पत्रकारलाई