काँग्रेसमा संसदीय दलको नेता छान्न सकस कायमै

काँग्रेसमा संसदीय दलको नेता छान्न सकस कायमै

काठमाडौँ- नेपाली काँग्रेस संसदीय दलको नेता छनौट प्रकृया आज टुंगिएन । काँग्रेस सांसदहरुको आज बसेको बैठकमा पार्टी संसदीय दलको विधान संशोधन गर्नेगरी तयारी भइरहेकोले भोलि पनि बैठक बस्ने गरी आजको बैठक सकिएको पार्टीका सहमहामन्त्री प्रकाश रसाइलीले जानकारी दिनुभयो ।

काँग्रेसको आजको बैठकमा दलको नेता बन्न इच्छुक सांसदहरुलगायत करिब २५ जना सांसदहरुले आफ्ना भनाइ राख्नुभएको थियो । अधिकांश सांसदहरुले संसदीय दलको नेता छनौट ढिला भएको भनाइ राख्नुभएको थियो ।

पार्टीभित्रका असन्तुष्टीहरुलाई सम्बोधन हुनेगरी छलफल गरेर मात्र दलको नेता टुंग्याउने भन्दै काँग्रेसले आजको बैठक सकेको हो ।

विशेष महाधिवेशनपछि निर्वाचनमा होमिए पनि काँग्रेसभित्र निर्वाचनमा सोचेजस्तो परिणाम नआएपछि विवाद झन चर्किएको छ । पार्टीका विभिन्न पक्षबीच छलफल गरेर पार्टीको संसदीय दलको नेता छान्ने तयारी काँग्रेसले गरेको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

रास्वपामा पदाधिकारीहरुका लागि निर्वाचनको तयारी

रास्वपामा पदाधिकारीहरुका लागि निर्वाचनको तयारी

हर्मुजमा इरानको चेतावनी – सार्वजनिक सेवा प्रसारण संस्था

हर्मुजमा इरानको चेतावनी – सार्वजनिक सेवा प्रसारण संस्था

जनविश्वास भएन भने सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री तिमिल्सिना

जनविश्वास भएन भने सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री तिमिल्सिना

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

पहिलो चरणको मतदान जारी – सार्वजनिक सेवा प्रसारण संस्था

पहिलो चरणको मतदान जारी – सार्वजनिक सेवा प्रसारण संस्था

समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश