घरमै पुगेर राहदानी वितरण गर्दै तनहुँ प्रशासन

घरमै पुगेर राहदानी वितरण गर्दै तनहुँ प्रशासन

दमौली- जिल्लामा पहिलोपटक घरमै पुगेर सेवाग्राहीलाई राहदानी उपलब्ध गराइएको छ । सङ्घीय सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत हुलाकमार्फत सेवा विस्तार गर्ने योजनालाई व्यवहारमा उतार्न जिल्लामा पहिलोपटक राहदानी सेवा घरमै वितरण गरिएको हो ।

तनहुँको व्यास नगरपालिका–५ बरबोटे निवासी समीक्षा ओझालाई प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले आज घरमै पुगेर राहदानी उपलब्ध गराउनुभएको छ । सरकारले जारी गर्ने प्रमाणपत्रहरू घरमै पुगेर उपलब्ध गराउने निर्णय बमोजिम जिल्लामा राहदानीबाट सेवा सुरु गरिएको उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी तिवारीले हुलाक कार्यालयमार्फत सेवा घरदैलो पु¥याउने बताउँदै थप्नुभयो, “सेवा प्रदान गर्ने कार्यालयले प्रमाणपत्र हुलाक कार्यालयलाई हस्तान्तरण गर्ने र हुलाक कार्यालयले सम्बन्धित व्यक्तिको घरमा पु¥याउने व्यवस्था मिलाइएको छ ।” उहाँका अनुसार सेवा लिन आउने बेलामा सेवाग्राहीलाई यो सेवा कार्यालयमा आएर लिने वा घरमै लिने भनेर फारम भराइन्छ । त्यसकै आधारमा सेवा दिइने उहाँको भनाइ छ ।

जिल्ला हुलाक कार्यालय तनहुँका प्रमुख शिरिष उपाध्यायले सरकारको १०० बुँदे कार्यसूचीको २७ नम्बर बुँदामा हुलाक कार्यालयलाई प्रभावकारी बनाउने भन्ने उल्लेख भएकामा सोही कार्यान्वयन गर्ने सन्दर्भमा तनहुँमा पहिलोपटक राहदानी घरमै पु¥याउने सेवा सुरु गरिएको जानकारी दिनुभयो । उहाँले पहिलो दिन आज सो वडाका चार जनालाई राहदानी घरमै लगेर प्रदान गरिएको बताउनुभयो ।

सो सेवा कार्यान्वयनका लागि जिल्लाभरका हल्काराहरुको क्षेत्र निर्धारण गरिएको छ । उहाँले भन्नुभयो, “जसरी चिठीपत्र वितरण गरिन्छ त्यसरी सरकारी कार्यालयबाट जारी हुने कागजपत्र घरमै पु¥याउन हामी तयार छौँ ।” उहाँका अनुसार राहदानीका लागि फारम भर्ने बेलामा सेवाग्राहीलाई अर्को फारम भर्नुपर्ने व्यवस्था गरिएको छ । परिचय खुल्ने विस्तृत विवरण, घर पहिचानको आधार, मोबाइल नम्बर सबै विवरण पहिल्यै लिने गरिएकाले घरमै पुगेर सेवा दिन सहज हुने उपाध्यायको भनाइ छ ।

घरमै राहदानी बुझेपछि समीक्षा ओझाले सरकारको निर्णयले सर्वसाधारणलाई सहज हुने प्रतिक्रिया दिनुभयो । उहाँले सार्वजनिक सेवा प्रविधिमैत्री र सेवाग्राही लक्षित बन्दै जानुपर्नेमा जोड दिनुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

काँग्रेसको अधिकारिकता विशेष अधिवेशन पक्षधरलाई, निर्वाचन आयोगको निर्णय सर्वोच्चद्वार सदर

काँग्रेसको अधिकारिकता विशेष अधिवेशन पक्षधरलाई, निर्वाचन आयोगको निर्णय सर्वोच्चद्वार सदर

घरमै पुगेर राहदानी वितरण गर्दै तनहुँ प्रशासन

घरमै पुगेर राहदानी वितरण गर्दै तनहुँ प्रशासन

काँग्रेसमा संसदीय दलको नेता छान्न सकस कायमै

काँग्रेसमा संसदीय दलको नेता छान्न सकस कायमै

सभापति चयन गर्न बाह्र वटा समितिका बैठक हुँदै

सभापति चयन गर्न बाह्र वटा समितिका बैठक हुँदै

नवनिर्वाचित संसदीय समितिका सभापतिहरुको शपथ सम्पन्न

नवनिर्वाचित संसदीय समितिका सभापतिहरुको शपथ सम्पन्न

सरकारी अस्पतालको ओपीडी सेवा शनिबार र आइतबार दुवै दिन बन्द रहने

सरकारी अस्पतालको ओपीडी सेवा शनिबार र आइतबार दुवै दिन बन्द रहने