संयोजक दाहाल – सार्वजनिक सेवा प्रसारण संस्था

संयोजक दाहाल – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयतालाई सुदृढ बनाउन र जनतालाई थप अधिकार दिने सन्दर्भमा संविधान संशोधन गर्न सकिने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)ले आज पार्टी मुख्यालय पेरिसडाँडामा आयोजना गरेको राजनीतिक प्रशिक्षणमा उहाँले आफूहरु संविधान संशोधनको विरोधी नभएको स्पष्ट पार्नुभयो ।

“संविधानभित्र रहेर सरकारले गर्ने राम्रा कामको सदैव समर्थन गर्छौँ, संविधान मिच्ने, जनताको हकअधिकार खोस्ने तथा राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ”, संयोजक दाहालले भन्नुभयो । उहाँले विद्यार्थी तथा कर्मचारीको ट्रेड युनियनको हकअधिकारबारे उठाइएका सवाललाई गम्भीररूपमा लिनुपर्ने बताउनुभयो ।

संयोजक दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा निर्वाचनबाट जुन शक्ति विजयी भए पनि सबैको जित हुने धारणा राख्नुभयो । “अर्को पार्टीले जितेपनि हामीले हारेको भन्न मिल्दैन । जुनसुकै पार्टीबाट आए पनि त्यो संविधान, गणतन्त्र, समावेशिताको जित हो”, उहाँले भन्नुभयो ।

नेकपाका सहसंयोजक माधवकुमार नेपालले लोकतन्त्रको रक्षार्थ आफ्नो पार्टी बलिदान गर्न तयार रहेको बताउनुभयो । उहाँले सामाजिक विभेद अन्त्य तथा जनअधिकार स्थापित गर्ने सवालमा अग्रपङ्क्तिमा उभिन महिला सङ्घलाई निर्देशन दिनुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

भन्सार नीति कडाइका साथ कार्यान्वयन गर्न सिरहाका व्यवसायीको माग

भन्सार नीति कडाइका साथ कार्यान्वयन गर्न सिरहाका व्यवसायीको माग

क्यान्सर अस्पतालको अध्यक्ष खुला आवेदनबाट चयन गरिने

क्यान्सर अस्पतालको अध्यक्ष खुला आवेदनबाट चयन गरिने

उच्च क्षमताका प्रसारण लाइन निर्माणमा सरकारको उच्च प्राथमिकतामा

उच्च क्षमताका प्रसारण लाइन निर्माणमा सरकारको उच्च प्राथमिकतामा

आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

सडक सुरक्षाको पनि काम जारी – सार्वजनिक सेवा प्रसारण संस्था

सडक सुरक्षाको पनि काम जारी – सार्वजनिक सेवा प्रसारण संस्था

देवघाटका गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण

देवघाटका गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण

अध्यादेश विधायिकी अधिकारमाथिको अतिक्रमण- काँग्रेस

अध्यादेश विधायिकी अधिकारमाथिको अतिक्रमण- काँग्रेस