पाकिस्तानी प्रधानमन्त्री र अमेरिकी उपराष्ट्रपति भान्सबीच भेटवार्ता

पाकिस्तानी प्रधानमन्त्री र अमेरिकी उपराष्ट्रपति भान्सबीच भेटवार्ता

काठमाडौँ- पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले शनिबार इस्लामावादमा अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग भेटवार्ता गर्नुभएको छ।

पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले पूधानमन्त्री सरिफको संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपति जेडी भान्ससँग आज वार्ता सुरु भएको उल्लेख गर्दै भनेको छ, “पाकिस्तान यस क्षेत्रमा दिगो शान्तिको दिशामा प्रगतिको लागि दुवै पक्षलाई सहयोग गर्न तत्पर छ।”

अमेरिकाको तर्फबाट भान्ससँगै शीर्ष अमेरिकी दूत स्टिभ विटकोफ र जारेड कुश्नर पनि सहभागी हुनुभएको थियो भने पाकिस्तानका तर्फबाट पूधानमन्त्री सरिफसहित विदेशमन्त्री इशाक डार र गृहमन्त्री मोहसिन नकवी पनि सहभागी हुनुहुन्थ्यो ।

पाकिस्तानले सार्वजनिक गरेको फुटेजमा सरिफले भान्सलाई स्वागत गर्नुभएको र दुई देशका शीर्ष नेतृत्व पृष्ठभूमिमा पाकिस्तानी र अमेरिकी झण्डासहितका तस्वीर सार्वजनिक गरिएको छ।

यसअघि सरिफले इरानी प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेको तेहरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिका र इरानी प्रतिनिधिमण्डलहरूबीच वार्ताको ढाँचा स्पष्ट हुन सकेको छैन। विगतमा, तेहरान र वाशिङ्गटनले वार्ताको क्रममा सन्देशहरू आदानप्रदान गर्न मध्यस्थकर्ताहरूको प्रयोग गरेर अप्रत्यक्ष वार्ता विधि अपनाएका थिए ।

Source link

संबधित खबर

धेरै पढ़िएको

क्यान्सर अस्पतालको अध्यक्ष खुला आवेदनबाट चयन गरिने

क्यान्सर अस्पतालको अध्यक्ष खुला आवेदनबाट चयन गरिने

उच्च क्षमताका प्रसारण लाइन निर्माणमा सरकारको उच्च प्राथमिकतामा

उच्च क्षमताका प्रसारण लाइन निर्माणमा सरकारको उच्च प्राथमिकतामा

आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

सडक सुरक्षाको पनि काम जारी – सार्वजनिक सेवा प्रसारण संस्था

सडक सुरक्षाको पनि काम जारी – सार्वजनिक सेवा प्रसारण संस्था

देवघाटका गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण

देवघाटका गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण

अध्यादेश विधायिकी अधिकारमाथिको अतिक्रमण- काँग्रेस

अध्यादेश विधायिकी अधिकारमाथिको अतिक्रमण- काँग्रेस

संविधानका सबल पक्षको रक्षागर्दै व्यावहारिक जटिलता अन्त्य गर्न सुझाब

संविधानका सबल पक्षको रक्षागर्दै व्यावहारिक जटिलता अन्त्य गर्न सुझाब