एकैदिन ५६ फर्ममा अनुमगन – सार्वजनिक सेवा प्रसारण संस्था

एकैदिन ५६ फर्ममा अनुमगन – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- बजारलाई स्वच्छ, मर्यादित बनाउन नियमित रूपमा बजार अनुमगन गर्दै आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन ५६ फर्ममा अनुमगन गरेको छ ।

विभागले उपलब्ध गराएको विवरणअनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन एवम् कारवाही गरिएको छ ।

काठमाडौँ महानगरपालिकाभित्रका विभिन्न फर्म तथा व्यवसायमा विभागले अनुमगन गरेको थियो । उल्लेख्य रूपमा फर्म तथा व्यवसायमा अनुमगन गरिएको र सुधारात्मक निर्देशन दिइएको विभागले शुक्रबार उल्लेख गरेको छ ।

कालाबजारी नियन्त्रण, अखाद्य वस्तुको बिक्री वितरण नियन्त्रण तथा अधिकत्तम खुद्रा मूल्य कायम गरे नगरेको विषयमा विभागले नियमित बजार अनुमगन गर्दै आएको छ । बिहीबार ५१ फर्ममा अनुमगन गरेको विभागले शुक्रबार ५६ फर्ममा अनुमगन गरेको उल्लेख गरेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

आजका लागि कृषिउपजको थोक मूल्य

आजका लागि कृषिउपजको थोक मूल्य

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

वैशाख शुक्ल चतुर्दशीः आज नृसिंह जयन्ती

वैशाख शुक्ल चतुर्दशीः आज नृसिंह जयन्ती

छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

मनास्लु क्षेत्रमा पुगे १५ हजार पर्यटक

मनास्लु क्षेत्रमा पुगे १५ हजार पर्यटक