उपसभामुखमा राप्रपाकी लामा र श्रम संस्कृति पार्टीकी ठाकुरको उम्मेदवारी दर्ता

उपसभामुखमा राप्रपाकी लामा र श्रम संस्कृति पार्टीकी ठाकुरको उम्मेदवारी दर्ता

काठमाडौँ- प्रतिनिधिसभाको उपसभामुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरस्वती लामा र श्रम संस्कृति पार्टीबाट रुवीकुमारी ठाकुरको उम्मेदवारी दर्ता भएको छ ।

लामाको प्रस्तावकमा ज्ञानबहादुर शाही तथा समर्थकमा ताहिर अलि भाट, खुस्बु ओली र भरत गिरी रहनुभएको छ भने ठाकुरको प्रस्तावकमा आरेन राई तथा समर्थकमा अशोककुमार चौधरी र अम्बिकादेवी सङ्ग्रौला रहनुभएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

सचिवालयको कार्यतालिकाअनुसार आज बिहान ११ बजेदेखि २ः०० बजेसम्म सभा कुनै सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ८ को उपनियम (२) बमोजिमको प्रस्तावको सूचना दर्ता गर्न समय निर्धारण गरिएको थियो ।

दर्ता भएका उम्मेदवारीको सूचनालाई दर्ता क्रमअनुसार सूची प्रकाशन गर्न २ः३० बजेको समय तोकिएको छ । उम्मेदवारका प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गरी उम्मेदवारीको सूचनामाथि यही चैत २७ गते दिउँसो ४ बजे हुने सभाको बैठकमा छलफल भई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

संविधानतः सभाको सभामुख र उपसभामुखमा फरक राजनीति दल र फरक लिङ्गबाट प्रतिनिधित्व हुने व्यवस्था रहेको छ । गत फागुन २१ गतेको निर्वाचनपछि भएको प्रतिनिधिसभाको पहिलो अधिवेशनअन्तर्गत यही चैत २२ गतेको बैठकबाट सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित हुनुभएको थियो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

पौडेलको बन्दीप्रत्यक्षीकरणको रिटमाथि असार १६ गते सुनुवाइ हुने

पौडेलको बन्दीप्रत्यक्षीकरणको रिटमाथि असार १६ गते सुनुवाइ हुने

मृत्यु हुनेको संख्या करिव ६ सय पुग्यो – सार्वजनिक सेवा प्रसारण संस्था

मृत्यु हुनेको संख्या करिव ६ सय पुग्यो – सार्वजनिक सेवा प्रसारण संस्था

उपसभापतिमा सोबिता गौतम र महामन्त्रीमा विपिन आचार्य निर्वाचित

उपसभापतिमा सोबिता गौतम र महामन्त्रीमा विपिन आचार्य निर्वाचित

आईसीसी क्रिकेट विश्वकप लिग-२: नेपाली टोलीको घोषणा

आईसीसी क्रिकेट विश्वकप लिग-२: नेपाली टोलीको घोषणा

काठमाडौँ महानगरपालिकाद्वारा शुक्रराज ट्रपिकल अस्पताललाई रेबिज खोप प्रदान

काठमाडौँ महानगरपालिकाद्वारा शुक्रराज ट्रपिकल अस्पताललाई रेबिज खोप प्रदान

पदाधिकारी चयनका लागि मतदान जारी

पदाधिकारी चयनका लागि मतदान जारी

किमको आक्रामक सन्देश – सार्वजनिक सेवा प्रसारण संस्था

किमको आक्रामक सन्देश – सार्वजनिक सेवा प्रसारण संस्था