विपद्‍मा परी एक महिनामा १८ को मृत्यु, १२४ घाइते

विपद्‍मा परी एक महिनामा १८ को मृत्यु, १२४ घाइते

काठमाडौँ- नेपालमा गएको एक महिनामा विपद्जन्य घटनामा परेर १८ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले फागुनमा ५०२ वटा विपद्जन्य घटना भएको र ती घटनाबाट १८ को मृत्यु र १२४ जना घाइते भएको जानकारी दिनुभयो ।

मृत्यु हुनेमा पाँच पुरुष, नौ महिला र चार जना बालबालिका छन् । यसैगरी घाइते हुनेमा ५३ पुरुष, ५३ महिला र १८ जना बालबालिका रहेका छन् । ती विपद्मा ७४ वटा घर, ३५ वटा गोठमा क्षति पुगेको र १०६ वटा पशुचौपाय मरेको प्रहरी मुख्यालयले जनाएको छ । ती विपद्बाट ५० परिवार विस्थापित भएका छन् ।

मुख्यगरी आगलागी, चट्याङ, जनावर आक्रमण, महामारी, हुरीबतास, हिमपात, लेक लाग्ने, सर्पदंशलगायत घटनाबाट उक्त क्षति भएको हो ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार फागुनमा सबैभन्दा बढी विपद्का घटना कोशीमा १४३ वटा घटेको छ । मधेस प्रदेशमा १०६, बागमती प्रदेशमा ३३, काठमाडौँ उपत्यकामा ३५, गण्डकी प्रदेशमा ५२, लुम्बिनी प्रदेशमा ६३, कर्णाली प्रदेशमा २८ र सुदूरपश्चिम प्रदेशमा ४२ वटा विपद्का घटना भएका छन् ।

ती विपद्का घटनाबाट करिब १५ करोडभन्दा बढीको आर्थिक क्षति भएको अनुमान गरिएको पनि प्रवक्ता काफ्लेले बताउनुभएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

त्रिविको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

त्रिविको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

कञ्चनपुरमा भारतीय सहयोगमा विद्यालय भवन निर्माण सुरु

कञ्चनपुरमा भारतीय सहयोगमा विद्यालय भवन निर्माण सुरु

पार्टीलाई एकतावद्ध बनाउन असन्तुष्ट नेता सहितको कार्यदल-सभापति थापा

पार्टीलाई एकतावद्ध बनाउन असन्तुष्ट नेता सहितको कार्यदल-सभापति थापा

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुने-मन्त्री पोखरेल

प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुने-मन्त्री पोखरेल

लुम्बिनी प्रदेश सरकारबाट बाहिरिदै कांग्रेस,मन्त्रीहरुले सामूहिक राजीनामा दिने

लुम्बिनी प्रदेश सरकारबाट बाहिरिदै कांग्रेस,मन्त्रीहरुले सामूहिक राजीनामा दिने

नारायणी नदी तीव्र गतिमा तटबन्धन निर्माण गरिँदै

नारायणी नदी तीव्र गतिमा तटबन्धन निर्माण गरिँदै