सिराहा–४ बाट रास्वपाका तपेश्वर यादव विजयी

सिराहा–४ बाट रास्वपाका तपेश्वर यादव विजयी

सिराहा – प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तपेश्वर यादव भारी मतसहित विजयी भएका छन्। कुल सदर मतमध्ये उनले ३६ हजार २१० मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धीहरूलाई ठूलो अन्तरले पछि पार्दै विजय हासिल गरेका हुन्।

यस क्षेत्रमा कुल १ लाख ६ हजार ६८६ मतदाता रहेका थिए। निर्वाचनमा ६७ हजार ३०३ मत खसेको थियो, जसमा ६३ हजार १६५ मत सदर र ४ हजार १३८ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।२०४९ सालमा जन्मिएका तपेश्वर यादवका बुवा सत्यनारायण यादव र आमा मिथिलेश यादव हुन्। उनकी श्रीमतीको नाम रोशनी यादव हो।

यादवको राजनीतिक यात्रा नगरपालिकामा कर्मचारीको रूपमा काम गर्दै सुरु भएको हो। त्यसपछि उनले नेशनल इन्जिनियर एसोसिएसन नेपाल स्थापना गर्दै सामाजिक तथा व्यावसायिक क्षेत्रमा सक्रियता देखाएका थिए। सोही अनुभवलाई आधार बनाएर उनले राजनीति यात्रालाई अघि बढाएका हुन्।

हालको निर्वाचनमा सिराहा–४ बाट रास्वपाको तर्फबाट उम्मेदवार बनेका यादवले अपार मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा विजयी हुन सफल भएका छन्। विजयी भएपछि उनले मतदाताप्रति आभार व्यक्त गर्दै क्षेत्रको विकास, सुशासन र जनताको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।

Source link

संबधित खबर

धेरै पढ़िएको

राष्ट्रसंघको महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेताहरूसँग गर्नुभयो छलफल

राष्ट्रसंघको महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेताहरूसँग गर्नुभयो छलफल

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

रुख कटानको स्वीकृति – सार्वजनिक सेवा प्रसारण संस्था

रुख कटानको स्वीकृति – सार्वजनिक सेवा प्रसारण संस्था

सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम

सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम

डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा

डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा