स्ववियु सभापतिदेखि पालिका अध्यक्ष हुँदै सांसदसम्म

भोजपुर- भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिका–४, नागीमा २०३९ सालमा सामान्य परिवारमा जन्मनुभएका धु्रवराज राई प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरबाट श्रम संस्कृति पार्टीबाट निर्वाचित हुनुभएको छ । नेकपा (एमाले) मा रहेर विद्यार्थी तहबाट नै नेता बन्नुभएका राई भोजपुर बहुमुखी क्याम्पसको दुईपटक स्ववियु सभापति हुँदै टेम्केमैयुङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभयो । त्रिचालिस वर्षीय राई २०६२÷६३ को जनआन्दोलनमा अग्रपङ्क्तिमा उभिनुभयो ।
विसं २०७४ को स्थानीय निर्वाचनमा राई कांग्रेस, माओवादी र सङ्घीय समाजवादी फोरमको गठबन्धनलाई हराउँदै पालिका अध्यक्षमा विजयी बन्नुभएको थियो । सोही समय उहाँले अन्धकारमा रहेको टेम्केमैयुङ गाउँपालिका विद्युत्को पहुँच पु¥याउँदै गाउँ नै झिलीमिली बनाउनुभएको थियो । स्थानीय तहको २०७९ को निर्वाचनमा भने राई कांग्रेसका सरोज बस्नेतसँग पराजित हुनुभएयो ।
राई एमाले परित्याग गर्दै हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीमा केही महिना अगाडि मात्र प्रवेश गर्नुभएको थियो । सोभन्दा अगाडि राई एमालेको कोशी प्रदेश कमिटी सदस्य हुनुहुन्थ्यो । एमाले छोडनु भएका राईले सोही पार्टीका केन्द्रीय सचिव शेरधन राईलाई एक हजार ९१३ मतले पछि पार्दै विजयी हासिल गर्नुभएको हो । उहाँले १६ हजार ६६३ मत प्राप्त गर्दा एमाले उम्मेदवार राईले १४ हजार ७५० मत प्राप्त गर्नुयो ।
–––

Source link

संबधित खबर

धेरै पढ़िएको

औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा

औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा

२३ जिल्लामा रात्रिकालीन सवारी आवागमनमा रोक

२३ जिल्लामा रात्रिकालीन सवारी आवागमनमा रोक

बाढीको जोखिम बढे कोशी ब्यारेजका ढोका खोलिने

बाढीको जोखिम बढे कोशी ब्यारेजका ढोका खोलिने

मनसुनको प्रभाव बढ्यो, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुनको प्रभाव बढ्यो, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

आजको लागि विदेशी मुद्राको विनिमयदर

आजको लागि विदेशी मुद्राको विनिमयदर

२३ जिल्लामा रात्रिकालीन सवारी आवागमनमा रोक

आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने

बाढीपहिरोले छ राजमार्ग अवरुद्ध – सार्वजनिक सेवा प्रसारण संस्था

बाढीपहिरोले छ राजमार्ग अवरुद्ध – सार्वजनिक सेवा प्रसारण संस्था