काठमाडौँ-२ बाट रास्वपाका सुनिल केसी विजयी

काठमाडौँ-२ बाट रास्वपाका सुनिल केसी विजयी

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल केसी निर्वाचित हुनुभएको छ । उहाँले ३४ हजार २३८ मत प्राप्त गर्नुभएको छ । रास्वपाका केसीका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कविर शर्माले आठ हजार ८७४ मत प्राप्त गर्नुभएको छ।

विसं २०७९ सालको निर्वाचनमा काठमाडौँ-२बाट रास्वपाकै सोविता गौतम निर्वाचित हुनुभएको थियो ।

विक्रम सम्वत् २०३९ साल मंसिरमा जन्मिनुभएका सुनिल केसी काठमाडौँ–२ का सडकमै उभिएर जनताको पक्षमा बोल्ने व्यवहारिक नेता, भाषण भन्दा काममा विश्वास गर्ने व्यक्तित्वको रुपमा चिनिनुहुन्छ ।

बोलेको भन्दा काम गरेर देखाउने, जथाभावी आश्वासन नदिई गर्न सकिने काम मात्र वाचा गर्ने बानी उहाँमा रहेको निकटहरु बताउँछन् ।

१२ कक्षा सम्मको अध्ययन गर्नु भएका केसी छलफल, भेटघाट र सुनुवाइमार्फत विभिन्न वर्ग-समूह (युवा, व्यवसायी, महिलाहरू, ज्येष्ठ नागरिक) सँग सहकार्य गर्न सक्ने व्यावहारिक कौशल उहाँमा रहेको र विभिन्न समाजिक सेवामा आफुलाई आवद्ध गर्दै आउनु भएको समाजसेवी व्यक्तिको रुपमा उहाँ चिनिनुहुन्छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

परराष्ट्रमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता

जैविक विविधता संरक्षणसँगै स्थानीय समुदायको सुरक्षा र जीविकोपार्जन सुनिश्चित आवश्यक

जैविक विविधता संरक्षणसँगै स्थानीय समुदायको सुरक्षा र जीविकोपार्जन सुनिश्चित आवश्यक

पत्रकारिता क्षेत्रको सुरक्षा, व्यावसायिकता र पत्रकारको भविष्यका विषयमा गम्भीर प्रश्न उठिरहेका छन्- संचारमन्त्री

पत्रकारिता क्षेत्रको सुरक्षा, व्यावसायिकता र पत्रकारको भविष्यका विषयमा गम्भीर प्रश्न उठिरहेका छन्- संचारमन्त्री

अर्को वर्ष भेटौँला मनास्लु !

अर्को वर्ष भेटौँला मनास्लु !