झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार

झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार

झापा- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता कायम राख्दै मतान्तर बढाएका छन् ।

पछिल्लो सार्वजनिक मत परिणामअनुसार निर्वाचन क्षेत्र नं ५ मा रास्वपाका उम्मेदवार बालेन्द्र शाह १३ हजार ६५४ मतसहित अग्रस्थानमा रहनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का केपी शर्मा ओलीले तीन हजार ११ मत प्राप्त गर्नुभएको छ ।

यस क्षेत्रमा श्रम संस्कृति पार्टीका समीर तामाङले एक हजार ५१७, नेपाली कांग्रेसकी मन्धरा चिमरियाले ४०३ तथा नेपाली कम्युनिष्ट पार्टीका रञ्जित तामाङले ३७० मत प्राप्त गर्नुभएको छ । शाहले ओलीलाई १० हजार ६४३ मतले पछि पार्नुभएको छ ।

निर्वाचन क्षेत्र नं ४ मा रास्वपाका शम्भुप्रसाद ढकाल तीन हजार २१७ मतसहित अग्रस्थानमा हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का लालप्रसाद साँवा लिम्बूले ९५२ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका देउकुमार थेवेले ९२४ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी निर्वाचन क्षेत्र नं ३ मा रास्वपाका प्रकाश पाठक नौ हजार २६४ मतसहित अग्रस्थानमा हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले चार हजार ९२४ मत प्राप्त गर्नुभएको छ । पाठकले लिङ्देनलाई चार हजार ३४० मतले पछि पार्नुभएको छ । यस क्षेत्रमा श्रम संस्कृति पार्टीका दीपक तिम्सिनाले दुई हजार ४६३ मत प्राप्त गर्नुभएको छ ।

निर्वाचन क्षेत्र नं २ मा रास्वपाकी इन्दिरा राना मगर १० हजार ४४३ मतसहित अग्रस्थानमा हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का देवराज घिमिरेले एक हजार ७०३ मत प्राप्त गर्नुभएको छ । उहाँहरूबीच आठ हजार ७४० मतान्तर रहेको छ । यस क्षेत्रमा श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारीले एक हजार ३५७ तथा नेपाली कांग्रेसकी सरिता प्रसार्इंले ९०९ मत प्राप्त गर्नुभएको छ ।

निर्वाचन क्षेत्र नं १ मा रास्वपाकी निशा डाँगी सात हजार ९४३ मतसहित अग्रस्थानमा रहनुभएको छ । उहाँका प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका केवल राईले दुई हजार ५१३ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका केशवराज पाण्डेले एक हजार ९३४ तथा नेकपा (एमाले)का रामचन्द्र उप्रेतीले एक हजार ६७१ मत प्राप्त गर्नुभएको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

पहिलो चरणको मतदान जारी – सार्वजनिक सेवा प्रसारण संस्था

पहिलो चरणको मतदान जारी – सार्वजनिक सेवा प्रसारण संस्था

समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

आज पनि सुनचाँदीको मूल्य घट्यो

आज पनि सुनचाँदीको मूल्य घट्यो

नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा