तेहरानस्थित राष्ट्रपति कार्यालयमा इजरायली आक्रमण, हालसम्म ७८७ जनाको मृत्यु

तेहरानस्थित राष्ट्रपति कार्यालयमा इजरायली आक्रमण, हालसम्म ७८७ जनाको मृत्यु

काठमाडौँ- इजरायलले इरानी राष्ट्रपतिको कार्यालयलगायतका प्रमुख अड्डाहरुमा भीषण आक्रमण गरेको छ ।

इरानको राजधानी तेहरानस्थित राष्ट्रपति भवन र सरकारी उच्च पदस्थ अधिकारीहरुको कार्यालयमाथि गरिएको आक्रमणमा ठूलो जनधनको क्षति भएको बिबीसीले उल्लेख गरेको छ ।

इजरायलले तेहरानका प्राय: सबै क्षेत्रमा पालैपालो मिसाएल आक्रमण गरेको पनि बिबीसीले जनाएको छ ।

इरानको आणविक केन्द्र तेहरानस्थित नतांजमा पनि इजरायली आक्रमणले क्षति पुगेको समाचारमा उल्लेख  छ।

गत शनिवारदेखि अमेरिका र इजरायलले संयुक्त रुपमा इरानमाथि गरेको आक्रमणमा हालसम्म मृत्यु हुनेको संख्या ७८७ पुगेको छ ।

इरानले प्रत्याक्रमणस्वरुप मध्यपूर्वी देशहरु कतार, कुवेत, साउदी अरब र बहराइनमा मिसाएल आक्रमण गरेको थियो । पछिल्लो पटक साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा इरानले ड्रोन हमला गरेको छ ।

अमेरका र इजरायलले गरेको संयुक्त आक्रमणमा इरानी सर्बोच्च नेता आयतुल्लाह अलि खामेनीको मृत्यु भइसकेको छ भने इरानमा नयाँ नेता चयनको प्रकृया अघि बढेको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह

कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह

जुम्लामा बाउन्न हेक्टर क्षेत्रफलमा फुजी स्याउको खेती

जुम्लामा बाउन्न हेक्टर क्षेत्रफलमा फुजी स्याउको खेती

डिजेल र मट्टीतेलको मूल्य बढ्यो, पेट्रोलको यथावत

डिजेल र मट्टीतेलको मूल्य बढ्यो, पेट्रोलको यथावत

जलवायुमैत्री कृषिमार्फत चुनौतीको सामना गर्दै किसान

जलवायुमैत्री कृषिमार्फत चुनौतीको सामना गर्दै किसान

नेप्से परिसूचक ३३ अङ्कले बढ्यो

नेप्से परिसूचक ३३ अङ्कले बढ्यो

पार्टीको नक्कली लेटरप्याड बनाएर प्रयोग गरेकोमा नेता खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने निर्णय

पार्टीको नक्कली लेटरप्याड बनाएर प्रयोग गरेकोमा नेता खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने निर्णय

मातहतका कर्मचारीका लागि सञ्चार मन्त्रालयले जारी गर्‍यो नौ बुँदे आचारसंहिता

मातहतका कर्मचारीका लागि सञ्चार मन्त्रालयले जारी गर्‍यो नौ बुँदे आचारसंहिता