देशको भविष्य बदल्नु पर्नेछ : सभापति लामिछाने

देशको भविष्य बदल्नु पर्नेछ : सभापति लामिछाने

दमौली– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको भविष्य बदल्नुपर्ने बताउनुभएको छ । तनहुँको दमौलीमा आज साँझ आयोजित चुनावीसभामा सभापति लामिछानेले देशलाई अब समृद्धिको दिशातर्फ लैजाने बेला आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “देशले वर्षौँदेखि देखेको सपना पूरा गर्ने दिन फागुन २१ गते हो । अब देशलाई अगाडि बढाउनुपर्नेछ, त्यसको नेतृत्व हामी गर्छौँ ।”

सभापति लामिछानेले स्वर्णिम वाग्ले तनहुँको मात्र नभई सिङ्गो देशको सम्पत्ति रहेको बताउँदै स्वर्णिमविरुद्ध भ्रम छर्न खोजिएको आरोप लगाउनुभयो । सभापति लामिछानेले सहिदको सपना पूरा गर्नुपर्ने भएकाले रास्वपालाई बहुमत दिन आग्रह गर्नुभयो ।

सो सभामा तनहुँ क्षेत्र नं १ का उम्मेदवार डा स्वर्णिम वाग्ले, क्षेत्र नं २ का उम्मेदवार श्रीराम न्यौपानेलगायत सहभागी थिए ।

Source link

संबधित खबर

धेरै पढ़िएको

मृत्यु हुनेको संख्या करिव ६ सय पुग्यो – सार्वजनिक सेवा प्रसारण संस्था

मृत्यु हुनेको संख्या करिव ६ सय पुग्यो – सार्वजनिक सेवा प्रसारण संस्था

उपसभापतिमा सोबिता गौतम र महामन्त्रीमा विपिन आचार्य निर्वाचित

उपसभापतिमा सोबिता गौतम र महामन्त्रीमा विपिन आचार्य निर्वाचित

आईसीसी क्रिकेट विश्वकप लिग-२: नेपाली टोलीको घोषणा

आईसीसी क्रिकेट विश्वकप लिग-२: नेपाली टोलीको घोषणा

काठमाडौँ महानगरपालिकाद्वारा शुक्रराज ट्रपिकल अस्पताललाई रेबिज खोप प्रदान

काठमाडौँ महानगरपालिकाद्वारा शुक्रराज ट्रपिकल अस्पताललाई रेबिज खोप प्रदान

पदाधिकारी चयनका लागि मतदान जारी

पदाधिकारी चयनका लागि मतदान जारी

किमको आक्रामक सन्देश – सार्वजनिक सेवा प्रसारण संस्था

किमको आक्रामक सन्देश – सार्वजनिक सेवा प्रसारण संस्था

रास्वपा महाधिवेशनमा ५० करोड रुपैयाँ भन्दा बढीको व्यापार

रास्वपा महाधिवेशनमा ५० करोड रुपैयाँ भन्दा बढीको व्यापार