सरकारले निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउँछः गृहमन्त्री अर्याल

सरकारले निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउँछः गृहमन्त्री अर्याल

चन्द्रपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान अन्तरिम सरकारले निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता जनाउनुभएको छ । आज रौतहट सदरमुकाम गौरमा जिल्लाको शान्तिसुरक्षाको अवस्थाबारे जानकारी लिँदै उहाँले यो सरकार निर्वाचन गराउने लक्ष्यसहित आएको बताउनुभयो ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा शान्तिसुरक्षाको अवस्था बुझ्न रौतहट आउनुभएका उहाँले सरकारले भयरहित वातावरणमा मतदान गर्ने व्यवस्था गरेकाले मतदान प्रक्रियामा सहभागी हुन सबैलाई आग्रह गर्नुभयो ।

गृहमन्त्री अर्यालले निर्वाचनमा शान्तिसुरक्षाको प्रभावकारी व्यवस्था गरिएकाले फागुन २१ गते मतदान प्रक्रियामा सहभागी भएर सरकारलाई सहयोग गर्न आममतदातालाई आग्रह गर्नुभयो । उहाँले राजनीतिक अधिकार प्रयोग गर्न सहज वातावरण निर्माण गरिने बताउँदै कानुनविपरीत काम गर्नेलाई कुनै छुट नदिने स्पष्ट पार्नुभयो ।

रौतहटका सुरक्षा अधिकारीलाई निर्देशन दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री अर्यालले भन्नुभयो, “हामी सहजकर्ताको भूमिकामा छौँ । तर गलत गर्ने, कानुन मिच्ने जोकोहीलाई कानुनी दायरामा ल्याउने र आवश्यक कारबाही गर्नेछौँ ।” निर्वाचन आयोगको आचारसंहिताअनुसार निर्वाचनसम्बन्धी कसुर गरेमा कारबाही हुने स्पष्ट व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो ।

गृहमन्त्री अर्यालले केही समूहले अनावश्यक आशङ्का र अफवाह फैलाउने प्रयास गरे पनि त्यस्ता हल्लामा विश्वास नगर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “सरकार र आयोगको तयारी स्पष्ट र प्रभावकारी छ, निर्वाचन निर्धारित मितिमा शान्तिपूर्ण रूपमा सम्पन्न हुन्छ ।” देश पूरै निर्वाचनमा होमिइसकेको हुँदा अब निर्वाचन हुँदैन कि भन्नेमा कुनै शङ्का नरहेको गृहमन्त्री अर्यालले प्रष्ट पार्नुभयो ।

यसअघि प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले रौतहटमा समग्र रूपमा सुरक्षाको सम्पूर्ण तयारी भएको जानकारी गराउनुभयो । रौतहटमा सीमा क्षेत्रदेखि लिएर अतिसंवेदनशील, संवेदनशील मतदान केन्द्रहरूमा सुरक्षाको उच्च प्रबन्ध मिलाएको बताउँदै उहाँले अन्य आवश्यक तयारी पनि पूरा भएको उल्लेख गर्नुभयो ।

गृहमन्त्री अर्यालसँगै प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, बलाधिकृत रथी प्रदीपजङ्ग केसी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेश ठाडामगर, सहसचिव आनन्द काफ्ले, सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक विष्णु भट्ट, उपसचिव रमा आचार्यसहितको टोली आउनुभएको प्रजिअ भुसालले जानकारी दिनुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सुनसरीका पाँच स्थानमा कर्फ्यु जारी, स्थिति नियन्त्रणमा लिन सेना परिचालन

सुनसरीका पाँच स्थानमा कर्फ्यु जारी, स्थिति नियन्त्रणमा लिन सेना परिचालन

सुनसरीमा अनिश्चितकालिन कर्फ्यु कायमै

सुनसरीमा अनिश्चितकालिन कर्फ्यु कायमै

नेपाल आज नामिबियासँग खेल्दै – सार्वजनिक सेवा प्रसारण संस्था

नेपाल आज नामिबियासँग खेल्दै – सार्वजनिक सेवा प्रसारण संस्था

सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

डा केसीसँगको सहमति अन्तिम चरणमा, प्रधानमन्त्रीको जवाफ पर्खंदै वार्ता टोली

डा केसीसँगको सहमति अन्तिम चरणमा, प्रधानमन्त्रीको जवाफ पर्खंदै वार्ता टोली

तीन लाखभन्दा बढी विस्थापित – सार्वजनिक सेवा प्रसारण संस्था

तीन लाखभन्दा बढी विस्थापित – सार्वजनिक सेवा प्रसारण संस्था

पाँच सदस्यीय छानबिन समिति गठन – सार्वजनिक सेवा प्रसारण संस्था

पाँच सदस्यीय छानबिन समिति गठन – सार्वजनिक सेवा प्रसारण संस्था