धादिङको बेनिघाटमा भएको बस दुर्घटनाको छानविन सुरु

धादिङको बेनिघाटमा भएको बस दुर्घटनाको छानविन सुरु

धादिङ- पृथ्वी राजमार्ग अन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–५ चाईनीज धारामा गत आइतबार राति भएको बस दुर्घटनामा १९ जनाको ज्यान गएपछि सरकारले यो दुर्घटनाको छानवीन सुरु गरेको छ।

समितिले आजदेखि घटनास्थलमै पुगेर अध्ययन सुरु गरेको हो ।

४४ जना यात्रु बोकेर पोखराबाट काठमाडौँ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबाहक बस दुर्घटनापछि सहसचिव ऋषिराम तिवारीको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।

तर यस्ता समिति गठन हुनु भने यो पहिलो घटना होइन। ठूला दुर्घटनापछि सरकारका संयन्त्र सक्रिय हुने, छानबिन समिति बन्ने, प्रतिवेदन तयार हुने र सिफारिस गरिने क्रम दोहोरिँदै आएका छन। तर कार्यान्वयनको पक्ष भने कमजोर रहने गरेको गुनासो छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष सरोज सिटौलाका अनुसार हरेक गम्भीर दुर्घटनापछि बनेका छानबिन समितिले सरकारलाई प्रतिवेदन बुझाए पनि कार्यान्वयन प्रभावकारी हुन सकेको छैन।

चाईनीज धारामा भएको पोखरा–काठमाडौं बस दुर्घटना छानबिन समितिमा नेपाल प्रहरीका एसएसपी भुवनेश्वर तिवारी, सशस्त्र प्रहरी बलका एसएसपी भरत खनिँया, सडक विभागका सीडीई राकेश महर्जन, मन्त्रालयका उपसचिव वर्तराज पौडेल, यातायात व्यवस्था विभागका निर्देशक श्रीकान्त यादव तथा यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष सरोज सिटौला सदस्य रहेका छन्।

समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउने समयसीमा तोकिएको छ। टोलीले सडकको भौगोलिक अवस्था, सवारीसाधनको प्राविधिक परीक्षण, चालक व्यवस्थापन तथा सम्भावित मानवीय त्रुटिमाथि अध्ययन गरिरहेको जनाएको छ।

विशेषगरी रातिको समयमा सवारी साधनको गति अनुगमन गर्ने प्रणाली अत्यावश्यक रहेको सरोकारवालाहरू बताउँछन्।

घुमाउरो तथा उकालो–ओरालो सडकपछि आउने समतल र सोझो खण्डमा समेत निगरानी प्रणाली लागू गर्नु जरुरी रहेको उनीहरूको भनाइ छ ।

हरेक दुर्घटनामा चालकलाई मात्र दोषी ठहर गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने यातायात व्यवसायीहरूको भनाइ छ।

दुर्घटना केवल चालकको त्रुटि वा सवारीको अवस्थाका कारण मात्र नभई सडक संरचना र भौगोलिक अवस्थाका कारण पनि हुने उनीहरूको दाबी छ।

मलेखुदेखि मौवा खोलासम्मको क्षेत्र उच्च जोखिमयुक्त मानिँदै आएको छ। स्थानीयका अनुसार उक्त खण्डमा विगतमा पनि पटक–पटक ठूला सवारी दुर्घटना हुँदै आएका छन्।।

Source link

संबधित खबर

धेरै पढ़िएको

परराष्ट्रमन्त्री खनाल सर्बिया जानुहुने – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री खनाल सर्बिया जानुहुने – सार्वजनिक सेवा प्रसारण संस्था

बागमती प्रदेशसभाको बैठकमा आज मुख्यमन्त्री थापाले विश्वासको मत लिने

बागमती प्रदेशसभाको बैठकमा आज मुख्यमन्त्री थापाले विश्वासको मत लिने

बाजुराको सरकारी टोली बडीमालिका प्रस्थान

बाजुराको सरकारी टोली बडीमालिका प्रस्थान

प्रहरी महानिरीक्षक कार्की – सार्वजनिक सेवा प्रसारण संस्था

प्रहरी महानिरीक्षक कार्की – सार्वजनिक सेवा प्रसारण संस्था

भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ: मन्त्री रावल

भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ: मन्त्री रावल

अपाङ्गता भएका करिब एकचौथाइ बालबालिका विद्यालय शिक्षाबाट वञ्चित

अपाङ्गता भएका करिब एकचौथाइ बालबालिका विद्यालय शिक्षाबाट वञ्चित

पहिरो प्रभावित बस्तीको स्थलगत निरीक्षणमा सञ्चारमन्त्री तिमिल्सिना

पहिरो प्रभावित बस्तीको स्थलगत निरीक्षणमा सञ्चारमन्त्री तिमिल्सिना