Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.3.4.) in /home/khabarofnepal/public_html/wp-includes/functions.php on line 6260

Warning: Cannot modify header information - headers already sent by (output started at /home/khabarofnepal/public_html/wp-includes/functions.php:6260) in /home/khabarofnepal/public_html/wp-content/plugins/post-views-counter/includes/class-counter.php on line 1053
काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले खोले बैंक खाता – Khabarofnepal

काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले खोले बैंक खाता

काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले खोले बैंक खाता

काठमाडौँ- देशको सङ्घीय राजधानी रहेको जिल्ला काठमाडौँका २५० उम्मेदवारमध्ये आजसम्म २१९ ले बैंक खाता खोलेका छन् ।

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० निर्वाचन क्षेत्रमा गरी २५० जना उम्मेदवारले मनोनयन दर्ता गरी चुनाव प्रचारप्रसारमा सक्रिय छन् । त्यसमध्ये अहिलेसम्म २१९ जनाले निर्वाचनको खर्च गर्न बैंक खाता खोलेको विवरण प्राप्त भएको जिल्ला निर्वाचन कार्यालय काठमाडौँका सूचना अधिकारी सृजना रायमाझीले राससलाई जानकारी दिनुभयो ।

निर्वाचन आयोगले उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट खर्च गर्न, गराउन नहुने भनी राजनीतिक दलहरूलाई फागुन ३ गते निर्देशन दिएको थियो । निर्वाचन आचारसंहितामै उल्लेख गरिएको यो विषयमा फागुनअघि पनि आयोगले जानकारी गराउँदै आएको हो । यति हुँदाहुँदै पनि राजधानी काठमाडौँमै अझै सबै उम्मेदवारले बैंक खाता खोलेका छैनन् ।

निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट खर्च गर्न गराउन नहुने भनी आयोगले यसअघि पनि निर्देशन दिँदै आएको छ । पच्चीस हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट सहयोग लिने र खर्च गर्नुपर्ने आयोगले जारी गरेको ६३ बुँदे निर्देशनमा उल्लेख छ ।

आयोगले खर्चको बिल भरपाई तथा बैंक वा वित्तीय संस्थामा रहेको खाताको विवरण पेस गर्न आदेश दिएमा सक्कल बिल भरपाई तथा बैंक वा वित्तीय संस्थाको खाताको विवरण पेस गर्नुपर्ने आयोगले जनाएको छ । भूगोलअनुसार उम्मेदवारले रु २५ लाखदेखि ३३ लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ । सुशासन प्रवद्र्धनका लागि उम्मेदवारको खाताबाट पैसा कता जान्छ भन्ने अनुगमन पनि यसपटक गर्न लागिएको जनाइएको छ ।

पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ देशभरका १६५ निर्वाचन क्षेत्रमा तीन हजार ४०६ उम्मेदवार रहेकामा आजसम्म एक हजार ३८९ ले मात्र बैंक खाता खोलेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

“A Humanitarian, a Deeply Kind Man,” Anupam Kher On Meeting Stevie Wonder

Udta Teer Day 1 Collection | Udta Teer Opening Day Collection | Udta Teer Day 2 Collection LIVE | Udta Teer Today Collection (October 24, 2026) | Udta Teer Total Collection | Udta Teer Opening Weekend Report

Box Office: Pehla Pyaar Doosri Baar opens with Rs 50 lakh, double of Tum Mere Ho’s first day collection

Why Holland Taylor Left Two and a Half Men Contract, Details Paycheck

Salaar 2 News Back on The Radar on Prabhas’s Birthday

Aura India Tour: Diljit Dosanjh Takes Jibe At Debate Around Delhi Concert After He Gets Clearance From Police

Udta Teer Opening Day Box Office Collections: Ayushmann Khurrana and Sara Ali Khan starrer spy comedy collects Rs 3.75 crore on Day 1