पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस – सार्वजनिक सेवा प्रसारण संस्था

पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठकमा भाग लिने सिलसिलामा लिस्बनमा रहनुभएका परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र पोर्चुगलका परराष्ट्र तथा सहयोग मामिलासम्बन्धी सचिव डा अना इसाबेल जेभियरले बिहीबार विशेष समारोहका बीच लिस्बनस्थित नेपाली दूतावासको चान्सरीको संयुक्त रूपमा उद्घाटन गर्नुभएको छ ।

त्यस अवसरमा परराष्ट्र सचिव राईले दूतावासको स्थापनामा पोर्चुगल सरकारले गरेको सहयोगप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो । दूतावासले दुवै देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउन सेतुका रूपमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उक्त दूतावासका अनुसार पोर्चुगलका परराष्ट्र सचिवले पोर्चुगलमा नेपाली दूतावासको आतिथ्य पाउँदा खुसी व्यक्त गर्दै दूतावासको सहज सञ्चालनका लागि पोर्चुगल सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

लिस्बनस्थित कूटनीतिक समुदायका ‘डिन’ एन्ड्रेस कारास्कोसा कोसोले कूटनीतिक ‘कर्पस्’मा नयाँ सदस्यका रूपमा नेपाली राजदूत प्रकाशमणि पौडेलाई स्वागत गर्नुभयो ।

बिहीबार साँझ नेपाली दूतावासले ७६ औँ प्रजातन्त्र दिवसका अवसरमा पोर्चुगलमा रहेका आप्रवासी तथा नेपाली समुदायका संस्थाहरूका प्रतिनिधिहरूको उपस्थितिमा स्वागत समारोह पनि आयोजना गरेको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

आज पनि सुनचाँदीको मूल्य घट्यो

आज पनि सुनचाँदीको मूल्य घट्यो

नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

कानुनी समयसीमा उल्लंघन गर्दै स्थानीय सरकार, ७५३ मध्ये जम्मा २६० स्थानीय तहले ल्याए बजेट

कानुनी समयसीमा उल्लंघन गर्दै स्थानीय सरकार, ७५३ मध्ये जम्मा २६० स्थानीय तहले ल्याए बजेट

सुरु भयो नागढुंगा-मुग्लिन सडक निर्माण कार्य – सार्वजनिक सेवा प्रसारण संस्था

सुरु भयो नागढुंगा-मुग्लिन सडक निर्माण कार्य – सार्वजनिक सेवा प्रसारण संस्था

नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

 रास्वपा केन्द्रीय सदस्यका लागि ३८४ जनाको उम्मेदवारी

विपद्का पीडित राहतको पर्खाइमा, करोडौँ बजेट खर्चविहीन

विपद्का पीडित राहतको पर्खाइमा, करोडौँ बजेट खर्चविहीन