मिथिला मध्यमा परिक्रमाका यात्री जलेश्वरतर्फ

मिथिला मध्यमा परिक्रमाका यात्री जलेश्वरतर्फ

महोत्तरी- मधेसको प्राचीन मिथिला क्षेत्रमा ‘महाकुम्भ’ भनिने १५ दिने मिथिला मध्यमा परिक्रमाका यात्री आज पाँचौँ दिन महोत्तरीको जलेश्वर पुग्दैछन् ।

बिहीबार भारतको मधुवनी जिल्लाको फुलहरबाट महोत्तरीको मटिहानी आएका यात्री आज पाँचौँ दिनको रात्रिबासका लागि बिहानैदेखि जलेश्वर आउने क्रम सुरु भएको हो । अहिले जलेश्वरदेखि मटिहानीसम्मै यात्रीको अटुट पङ्ति देखिँदो छ । मटिहानी यात्रीको महोत्तरी जिल्लाको पहिलो रात्रि विश्रामस्थल हो ।

पाँचौँ दिनको विश्रामका लागि आज आफ्नो नगर प्रवेश गरेका यात्रीलाई जलेश्वरवासीले स्वागत गरेका छन् । गत सोमबार सुरु भएको यो यात्राका यात्रीले यसअघि पहिलो दिन धनुषाको हनुमानगढी, दोस्रो र तेस्रो दिनको रात्रिबास भारतको मधुवनी जिल्लाको कल्याणेश्वर (कलना) र गिरिजास्थथान (फुलहर) मा गरेका थिए । बिहीबार महोत्तरी प्रवेश गरेका यात्री अब आउने सोमबारसम्म महोत्तरीको यात्रामा रहने छन् । यसक्रममा आज पाँचौँ दिन जलेश्वर, छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनको रात्रिबासपछि नवौँ दिन फेरि धनुषा प्रवेश गर्नेछन् ।

यसअघि गत सोमबार धनुषाको ठेराकचुरीबाट मिथिलाविहारी (श्रीराम) को प्रतिमा राखिएको डोलीअघि लगाइ सुरु भएको यात्रा जनकपुरस्थित अग्निकुण्ड (सुन्दर सदन) मठबाट किशोरीजी (सीताजी) को प्रतिमा राखिएको डोला थपिएर अघि बढेको थियो । आज यात्री जलेश्वरस्थित परिक्रमा पोखरी डिल वरपरको चउरमा पण्डाल लगाएर बास बस्नेछन् ।

यो यात्राको अभिष्ट आरोग्यता, कल्याण र मोक्ष रहने गरेको छ । अघि त्रेता युगमा श्रीराम र सीताजी विवाहपछि त्यतिखेरको मिथिला राज्यका विभिन्न ठाउँमा वनविहार गर्दै गर्नुभएको भ्रमणको सम्झनामा मिथिला माध्यमिकी परिक्रमाको परम्परा चलेको मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा रवीन्द्रदास वैष्णव बताउनुहुन्छ । श्रीराम र जानकीको पदचाप पछ्याउँदै गरिने यो यात्रामा उहाँहरु हिँड्नुभएको बाटोको धुलोको स्पर्शले मोक्ष प्राप्त हुने मैथिल विश्वास गर्छन् ।

विश्रामस्थलमा श्रीराम र जानकीजीको डोला (प्रतिमा रखिएको डोली) आइपुगेपछि वरिपरिका बस्तीबाट डोला दर्शन गर्नेको घुइँचो लाग्ने गरेको छ । डोलाको आगमनसँगै विश्रामस्थलमा डोला दर्शन गर्ने, भजन, कीर्तनसहित धार्मिक मेला आयोजन हुँदै आएको परम्परा छ । यात्रीहरुको भोजन, आवास, खानेपानी र प्राथमिक उपचारसहितको सेवाका लागि स्वयंसेवकसहितको आवश्यक प्रबन्ध विश्रामस्थलस्थित स्थानीयतह, सामाजिक सङ्घसंस्था र मठमन्दिरले आपसी समन्वयमा गर्छन् ।

नेपाल र भारतमा गरी जम्मा १३३ किलोमिटरको यो यात्रामा महोत्तरीमा २५ किलोमिटरको यात्रा गरिन्छ । जसमध्ये भारततर्फ २६ किमी र बाँकी धनुषाका क्षेत्र पर्छन् । यो परिक्रमा परम्परा १८ औँ सताब्दीमा सुरु भएको मिथिला संस्कृति र परम्पराका जानकार बताउँछन् । रामसीताका पदचाप पछ्याउँदै उहाँहरुकै प्रतिमा राखिएका डोली अगाडि लगाएर गरिने यो यात्रा दैहिक नभएर पारलौकिक भएको साधुसन्तको भनाइ छ । सामलखाजा र एकसरो फेरफारका लुगाको पोको आफैँ बोकेर नाङ्गा खुट्टाले गरिने यो यात्राले सांसारिक दुःखकष्टबाट मुक्ति दिने हिन्दू मैथिल जनविश्वास रहेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका प्राचार्य हेमनारायणलाल कर्ण बताउनुहुन्छ ।

यात्रामा नेपाल र भारतका विभिन्न मठका साधुसन्त र आम श्रद्धालु सर्वसाधारणको सहभागिता रहँदै आएको छ । यात्राको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, मार्गमा पर्ने स्थानीयतह र धार्मिक मठहरुले संयोजन, समन्वय गर्दै आएका छन् ।

फागुन औँसीमा सुुरु भएर फागूपूर्णिमाका दिन जनकपुरधामको अन्तर्गृह परिक्रमा गरी सम्पन्न हुने माध्यमिकी परिक्रमा मिथिलाको विशिष्ट सांस्कृतिक पर्व मानिन्छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री

सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री

मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’

मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’

अर्घाखाँचीमा मुहान संरक्षण गर्न १५ वटा रिचार्ज पोखरी निर्माण

अर्घाखाँचीमा मुहान संरक्षण गर्न १५ वटा रिचार्ज पोखरी निर्माण

सिरहामा पशु हाटबजार परिसरको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पशु हाटबजार परिसरको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सरकार–काठमाडौं महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

सरकार–काठमाडौं महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

पर्यटन मन्त्री पौडेलद्वारा मुक्तिनाथ मन्दिर क्षेत्रको अनुगमन, धार्मिक पर्यटन विकासका सम्भावनाबारे अध्ययन

पर्यटन मन्त्री पौडेलद्वारा मुक्तिनाथ मन्दिर क्षेत्रको अनुगमन, धार्मिक पर्यटन विकासका सम्भावनाबारे अध्ययन