फागुन २१ गते हुने निर्वाचनका लागि सम्पूर्ण मतपत्र छपाइ सम्पन्न

फागुन २१ गते हुने निर्वाचनका लागि सम्पूर्ण मतपत्र छपाइ सम्पन्न

काठमाडौँ- आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी सोमबार साँझ सम्पन्न गरिएको जानकारी दिनुभयो ।

आजदेखि सबै मतपत्र ‘प्याकेजिङ’ सकेर सम्बन्धित प्रदेशमा ढुवानी गरिने उहाँले बताउनुभयो । प्रबन्ध निर्देशक पौडेलले भन्नुभयो, “प्रत्यक्षतर्फ दुई करोड तीन लाख मतपत्र छपाइकार्य सोमबार साँझबाट सम्पन्न गरेका छौँ ।४२ दिनको कार्यतालिका लिएर छपाइ सुरु गरिएकामा ४० दिनमै सम्पन्न गर्न सफल भयौँ । अब १० दिनभित्र सबै जिल्लामा मतपत्र पुर्याउँछौँ ।”

केन्द्रले दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ गर्दै आएको थियो । यसअघि १० लाख नमूना मतपत्र छपाइ सकेर आयोगले विभिन्न ठाउँमा पुर्याइसकेको छ भने दुई करोड आठ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र जिल्लामा पठाउने काम भइरहेको केन्द्रले जनाएको छ ।

प्रबन्ध निर्देशक पौडेलले कर्णाली र सुदुरपश्चिममा सबै मतपत्र पुगिसकेको र बाँकी क्षेत्रमा पनि १० दिनभित्र मतपत्र पु¥याउने गरी काम भइरहेको जानकारी दिनुभयो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

एकैदिन ५३ वटा फर्ममा विभागको अनुगमन

एकैदिन ५३ वटा फर्ममा विभागको अनुगमन

आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर

घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

सञ्चारमन्त्री तिमिल्सिनासँग एडिबी नेपालका निर्देशक कोस्वाको शिष्टाचार भेटवार्ता 

सञ्चारमन्त्री तिमिल्सिनासँग एडिबी नेपालका निर्देशक कोस्वाको शिष्टाचार भेटवार्ता 

प्रतिनिधिसभाअन्तर्गत समितिका सदस्य हेरफेर – सार्वजनिक सेवा प्रसारण संस्था

प्रतिनिधिसभाअन्तर्गत समितिका सदस्य हेरफेर – सार्वजनिक सेवा प्रसारण संस्था