कांग्रेसले देशको आसन, भाषण र शासनमा सुधार गर्नेछ- उपसभापति शर्मा

कांग्रेसले देशको आसन, भाषण र शासनमा सुधार गर्नेछ- उपसभापति शर्मा

काठमाडौं-नेपाली कांग्रेसका उपसभापति तथा केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्माले बदलिएको कांग्रेसले देशको आसन, भाषण र शासनमा सुधार गर्ने बताएका छन् ।

चुनावी प्रचारको पहिलो दिन लमजुङको जिल्ला कार्यालय उद्घाटनपछि शर्माले सत्तामा एउटै व्यक्तिले निरन्तर आसन जमाउने परम्परा तोड्न कांग्रेसले १, २, ३, ४ को नीति लिएको बताए ।

“बदलिएको कांग्रेसले अब देशको आसन, भाषण र शासनमा सुधार गर्नेछ,” शर्माले भने, “कुनै पनि व्यक्ति सत्तामा निरन्तर आसन जमाउने परम्परा भत्काएर, हामी १, २, ३, ४ को नीति संविधानमा अंकित गर्नेछौँ । अब उप्रान्त कोही पनि प्रधानमन्त्री र मुख्यमन्त्री दुईपटकभन्दा बढी रहन पाउने छैनन् ।”

कांग्रेसले विशेष महाधिवेशनबाट एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटकसम्म मन्त्री र चारपटकसम्म मात्र सांसद बन्न पाउने नीति पारित गरेको छ । चुनावी मैदानमा जस्तोसुकै आश्वासन दिने परम्पराले जनतामा निराशा बढाएको शर्माको भनाइ छ । सम्भव विषय मात्र राख्न उमेदवारलाई उनले आग्रह गरे ।

“चुनाव जित्ने नाममा जे पनि आश्वासन दिएर, समाजमा भोलि निराशा जगाउने कार्य हाम्रा भाषण र घोषणापत्रहरूमार्फत नगरौँ,” शर्माले भने । कांग्रेसले शासकीय सुधारका केस्रा-केस्रा केलाएको भन्दै आवश्यक सुधारका खाका पनि तयार भएको उनले बताए । विगतका ककमजोरी स्वीकार गर्दै सुधारेर लान कांग्रेस सुधारिएर आएको उनको भनाइ छ ।

“देशको शासनमा जेजस्तो सुधार गर्न जरुरी छ, त्यसको केस्राकेस्रा केलाएका छौँ हामीले । जेनजी विद्रोहको भावनाबमोजीम त्यो सुधार, परिमार्जन र समग्रमा परिवर्तनलाई हामी सम्भव बनाउनेछौँ,” शर्माले भने, “देश जान्दछ कांग्रेस बदलिएको छ र यो पनि देश जान्दछ– जो बदलिन सक्छ उसैले बदल्न सक्छ ।”

शर्माले कांग्रेस लमजुङले निर्माण गरेको बीपी कोइरालाको शालिक पनि अनावरण गरेका थिए ।

Source link

संबधित खबर

धेरै पढ़िएको

एकैदिन ५३ वटा फर्ममा विभागको अनुगमन

एकैदिन ५३ वटा फर्ममा विभागको अनुगमन

आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर

घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

सञ्चारमन्त्री तिमिल्सिनासँग एडिबी नेपालका निर्देशक कोस्वाको शिष्टाचार भेटवार्ता 

सञ्चारमन्त्री तिमिल्सिनासँग एडिबी नेपालका निर्देशक कोस्वाको शिष्टाचार भेटवार्ता 

प्रतिनिधिसभाअन्तर्गत समितिका सदस्य हेरफेर – सार्वजनिक सेवा प्रसारण संस्था

प्रतिनिधिसभाअन्तर्गत समितिका सदस्य हेरफेर – सार्वजनिक सेवा प्रसारण संस्था