Thursday, 29 October 2026
ब्रेकिङ
समाचार

रामेछाप बस दुर्घटनामा बेपत्ता एक जनाको शब फेला

रामेछाप बस दुर्घटनामा बेपत्ता एक जनाको शब फेला

रामेछाप – मन्थली नगरपालिका वडा नं ६ मसानटार नजिक गत मंगलबार भएको बस
दुर्घटनामा बेपत्ता भएका ९ वर्षीय कृचन तामाङको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दुर्घटनापछि बेपत्ता रहेका मन्थली
नगरपालिका वडा नं २ का कृचन को शव आज खुर्कोट नजिक सुनकोसी नदी मा भेटिएको हो।

स्थानीय बासिन्दा र सुरक्षाकर्मीको संयुक्त खोजी अभियानका क्रममा नदी किनारमा शव फेला
परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख भोला भट्टले जानकारी दिनुभएको छ। अझै दुइ
जना नदिमा बेपत्ता रहेका प्रहरीले जनाएके छ ।

गत मंगलबार मसानटार क्षेत्रमा भएको बस दुर्घटनामा १२ जनाको ज्यान गएको थियो
भने ३ जना नदिमा बेपत्ता भएका थिए। बेपत्ता १ जनाके शव फेला परेसंग उक्त दुर्घटनामा मृत्यु
हुनेके संख्या १३ पुगेके छ। दुर्घटनापछि बेपत्ता भएकाको खोजी कार्य निरन्तर जारी राखिएको
थियो।

शव फेला परेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टम गरिएको जिल्ला प्रहरी
कार्यालय रामेछापले जानकारी दिएको छ। घटनाप्रति स्थानीयवासीमा अझै शोकको वातावरण छ।

उक्त दुर्घटनामा मृत्यु हुनेहरुको शोकमा लिखुतामाकेसी गाउँपालिकाले सेमबार एक दिनसार्वजनिक बिदा दिएके गाउँपालिकाका अध्यक्ष केशव महतले बताउनु भये ।

Source link

तपाईंको प्रतिक्रिया