कांग्रेससँग देश बदल्ने सोच, सङ्कल्प र योजना छः सभापति थापा

कांग्रेससँग देश बदल्ने सोच, सङ्कल्प र योजना छः सभापति थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेससँग देश बदल्ने सोच, सङ्कल्प र योजना रहेको बताउनुभएको छ।

सर्लाही क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएका सभापति थापाले मतदातासँग आज भेटघाट गर्नुहुँदै विगतमा गरेका कमीकमजोरीबाट सिक्दै वर्षौँदेखि गर्छौँ भनेर गर्न नसकिएका कामलाई मुर्तरूप दिने योजना तथा तयारीसहित नेपाली कांग्रेस निर्वाचनमा सहभागी भएको बताउनुभयो।

उहाँले भन्नुभयो, “दोस्रो विशेष महाधिवेशन पश्चात नेपाली कांग्रेस नयाँ भएको छ, यो नयाँ कांग्रेससँग आगामी पाँच वर्ष काम गर्ने योजना, उत्साह र सङ्कल्प छ । हामीले विगतबाट सिकेका छौँ, त्यसैले आगामी दिनमा के गर्ने भन्नेमा स्पष्ट छौँ।”

भेटघाटमा सभापति थापाले युवालाई स्वदेशमै राख्न रोजगारी सिर्जना गर्न नीति नियममार्फत नीजि क्षेत्रलाई प्रोत्साहित गर्ने बताउनुभयो।

“प्रत्येक वर्ष हामीले झन्डै पाँच लाख रोजगारी सिर्जना गर्नुपर्ने अवस्था छ । त्यो प्रधानमन्त्री वा सरकारले मात्र गर्न सक्दैन. त्यसका लागि हामीले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने हो, लगानीमैत्री वातावरण बनाउने हो, नीति नियममार्फत प्रोत्साहन गर्ने हो । पछिल्लो समय सूचना प्रविधिका क्षेत्रमा धेरै सम्भावना बढेका छन्, नेपालका युवालाई अझैँ दक्ष बनाएर विदेशी लगानीकर्तालाई आकर्षित गर्न सक्छौँ । लगानीकर्तालाई चाहिने नीति, नियम र दक्ष जनशक्ति हामीसँग हुँदै गर्दा सहयोगी सरकार भएमा विश्वभरका लगानीकर्ता एकपटक नेपालमा लगानी गर्न प्रेरित हुनेछन् । म यिनै विषयमा आगामी पाँच वर्ष काम गर्न चाहन्छु”, सभापति थापाले भन्नुभयो।

सर्लाही–४ मा आगामी एक वर्षभित्रमै आफ्नो ज्ञान र नेटवर्कको प्रयोग गरेर शिक्षा, स्वास्थ्य र उद्यमशीलताका क्षेत्रमा काम गरेर अहिले देखिएका समस्या समाधान गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

लमजुङमा पहिरोले धन्सार भत्किँदा दुई जनाको मृत्यु, २ जना घाइते

लमजुङमा पहिरोले धन्सार भत्किँदा दुई जनाको मृत्यु, २ जना घाइते

सुनुवाइ समितिको बैठक आज बस्दै

सुनुवाइ समितिको बैठक आज बस्दै

देवानगञ्जमा कर्फ्यु हट्यो, बिहान ७ देखि साँझ ७ बजेसम्म निषेधाज्ञा भने यथावत

देवानगञ्जमा कर्फ्यु हट्यो, बिहान ७ देखि साँझ ७ बजेसम्म निषेधाज्ञा भने यथावत

सुनसरीका पाँच स्थानमा कर्फ्यु जारी, स्थिति नियन्त्रणमा लिन सेना परिचालन

सुनसरीका पाँच स्थानमा कर्फ्यु जारी, स्थिति नियन्त्रणमा लिन सेना परिचालन

सुनसरीमा अनिश्चितकालिन कर्फ्यु कायमै

सुनसरीमा अनिश्चितकालिन कर्फ्यु कायमै

नेपाल आज नामिबियासँग खेल्दै – सार्वजनिक सेवा प्रसारण संस्था

नेपाल आज नामिबियासँग खेल्दै – सार्वजनिक सेवा प्रसारण संस्था

देवानगञ्जमा कर्फ्यु हट्यो, बिहान ७ देखि साँझ ७ बजेसम्म निषेधाज्ञा भने यथावत

सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो