नेपाल इटलीसँग १० विकेटले पराजित

नेपाल इटलीसँग १० विकेटले पराजित

काठमाडौँ- आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत इटालीसँगको खेलमा नेपालल पराजित भएको छ। 

 नेपाल इटालीसँग १० विकेटले पराजित भएको हो । 

नेपालले आज व्याटिङ र बलिङ दुबैमा कमजोर प्रदर्शन गर्‍यो ।

टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले  एक सय २३ रनको योगफल बनाएको थियो।

भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा नेपालले १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर एक सय २३ रन मात्र जोड्न सक्यो।

नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए । यस्तै, रोहित पौडेलले २३ र आसिफ शेखले २० रन बनाए भने दीपेन्द्रसिंह ऐरी १७ रनमा आउट भए । करण केसी १८ रनमा अविजित रहे ।

इटालीका बलरमध्ये क्रिशान कालुगामागेले चार ओभरमा १८ रन दिँदै तीन विकेट लिए । यस्तै, बेन मानेन्टीले नौ रन खर्चेर दुई विकेट झारे भने जसप्रीत सिंह र जे जे स्मट्सले समान एक÷एक विकेट लिए ।

पावरप्लेमा नेपालले एक विकेट गुमाएर ४५ रन बनाएको थियो, तर मध्यक्रममा लगातार आउट भएपछि ठूलो स्कोर बनाउन सकेन ।। 

Source link

संबधित खबर

धेरै पढ़िएको

राष्ट्रपति – सार्वजनिक सेवा प्रसारण संस्था

राष्ट्रपति – सार्वजनिक सेवा प्रसारण संस्था

विज्ञापनको बजार स्वच्छ र पारदर्शी बनाउन सरकार प्रतिबद्धः सञ्चारमन्त्री

विज्ञापनको बजार स्वच्छ र पारदर्शी बनाउन सरकार प्रतिबद्धः सञ्चारमन्त्री

गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध

गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध

स्याङ्जाको गल्याङमा जीप दुर्घटना, दुई जनाको मृत्यु

स्याङ्जाको गल्याङमा जीप दुर्घटना, दुई जनाको मृत्यु

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित

टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित

बालिका हत्याका आरोपीको बयानको भिडियो सार्वजनिक गर्ने पक्राउ

बालिका हत्याका आरोपीको बयानको भिडियो सार्वजनिक गर्ने पक्राउ