इटालीविरुद्धको खेलमा नेपालको ब्याटिङ – सार्वजनिक सेवा प्रसारण संस्था

इटालीविरुद्धको खेलमा नेपालको ब्याटिङ – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौं- आइसिसी पुरुष ट्वान्टी-२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज इटालीविरुद्धको खेलमा नेपालले पहिला ब्याटिङ गरिरहेको छ । भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा इटालीले टस जितेर बलिङ रोजेको छ । योसँगै नेपालले पहिला ब्याटिङको निम्तो पाएको हो ।

१४‍औँ ओभरको खेल जारी रहँदा नेपालले ५ विकेट गुमाएर ९६ रन जोडेको छ ।

आज ब्याटिङ गर्ने नेपाली टोलीमा एक खेलाडी परिवर्तन गरिएको छ । जसमा शेर मल्लको स्थानमा ललित राजवंशीलाई अवसर दिइएको छ । विश्वकपमा नेपाल र इटालीले प्रतियोगिताको दोस्रो खेल खेल्न लागेका हुन् ।

पहिलो खेलमा नेपाल इङ्ग्ल्याण्डसँग चार रनले पराजित भएको थियो भने इटाली स्कटल्याण्डसँग ७३ रनले पराजित भएको थियो । दुवै टोली पहिलो जितको खोजीमा छन् । विश्वकपको समूह सी मा रहेका नेपाल र इटली मात्र अङ्कविहीन रहेका हुन् ।

यस समूहमा चार अङ्कका साथ वेस्ट इण्डिज शीर्ष तथा समान दुई अङ्क भएका स्कटल्याण्ड र इङ्ग्ल्याण्ड क्रमश दोस्रो र तेस्रो स्थानमा छन् । सुपर आठको सम्भावना कायमै राख्न दुवै टोलीका लागि यस खेलमा जित महत्वपुर्ण मानिएको छ ।

नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुलशन झा, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी छन् । त्यस्तै इटालीको प्लेइङ ११ मा एन्थोनी मोस्का, जस्टिन मोस्का, जे जे स्मट्स, ह्यारी मानेन्टी, बेन्जामिन मानेन्टी, मार्कस क्याम्पोपियानो, ग्रान्ट स्टुवर्ट, जियानपिएरो मीड, जसप्रीत सिंह, क्रिशान कालुगामागे र अली हसन छन् ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

सुनुवाइ समितिको बैठक आज बस्दै

सुनुवाइ समितिको बैठक आज बस्दै

देवानगञ्जमा कर्फ्यु हट्यो, बिहान ७ देखि साँझ ७ बजेसम्म निषेधाज्ञा भने यथावत

देवानगञ्जमा कर्फ्यु हट्यो, बिहान ७ देखि साँझ ७ बजेसम्म निषेधाज्ञा भने यथावत

सुनसरीका पाँच स्थानमा कर्फ्यु जारी, स्थिति नियन्त्रणमा लिन सेना परिचालन

सुनसरीका पाँच स्थानमा कर्फ्यु जारी, स्थिति नियन्त्रणमा लिन सेना परिचालन

सुनसरीमा अनिश्चितकालिन कर्फ्यु कायमै

सुनसरीमा अनिश्चितकालिन कर्फ्यु कायमै

नेपाल आज नामिबियासँग खेल्दै – सार्वजनिक सेवा प्रसारण संस्था

नेपाल आज नामिबियासँग खेल्दै – सार्वजनिक सेवा प्रसारण संस्था

देवानगञ्जमा कर्फ्यु हट्यो, बिहान ७ देखि साँझ ७ बजेसम्म निषेधाज्ञा भने यथावत

सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

डा केसीसँगको सहमति अन्तिम चरणमा, प्रधानमन्त्रीको जवाफ पर्खंदै वार्ता टोली

डा केसीसँगको सहमति अन्तिम चरणमा, प्रधानमन्त्रीको जवाफ पर्खंदै वार्ता टोली