रामेछाप बस दुर्घटनाका पीडितसँग सहमति

रामेछाप बस दुर्घटनाका पीडितसँग सहमति

रामेछाप – रामेछापको मन्थली नगरपालिका वडा नं ६ मसानटार नजिकै भएको बस दुर्घटनाका पीडित परिवार र सम्बन्धित पक्षबीच ११ बुँदे सहमति भएको छ।

सहमतिपछि पीडित परिवारले शव बुझ्न तथा जारी विरोधका सबै कार्यक्रम फिर्ता लिन सहमति जनाएका रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताउनु भये ।

जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा पीडित परिवार, स्थानीय जनप्रतिनिधि, यातायात व्यवसायी तथा प्रशासनबीच सहमति भएको हो। सहमतिपत्रमा मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्ने, दुर्घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही अघि बढाउनेलगायतका विषय समेटिएका छन्।

यसअघि पीडित परिवारले विभिन्न माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए। सहमतिपछि सबै आन्दोलनका कार्यक्रम स्थगित गरिएको र मृतकका शव बुझ्ने प्रक्रिया अघि बढाइएको बताइएको छ ।

प्रशासनले सहमतिका बुँदाहरू कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएको छ भने पीडित परिवारले पनि सहमतिअनुसार सहयोग गर्ने बताएका छन्। दुर्घटनापछि जिल्लामा उत्पन्न तनावपूर्ण अवस्था सहमतिसँगै सामान्य बन्दै गएको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती

सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती

दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख रुपैयाँ बजेट

दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख रुपैयाँ बजेट

अबदेखि प्रहरीको तलब पनि पाक्षिक

अबदेखि प्रहरीको तलब पनि पाक्षिक

सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था

सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था

पार्टी भित्र गुट–उपगुटको सङ्घर्ष चले परिणाम फरक आउँदैन – सभापति लामिछाने

पार्टी भित्र गुट–उपगुटको सङ्घर्ष चले परिणाम फरक आउँदैन – सभापति लामिछाने

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

एमाले उपाध्यक्ष पौडेललाई ७ दिन थुनामा राख्‍न अनुमति

एमाले उपाध्यक्ष पौडेललाई ७ दिन थुनामा राख्‍न अनुमति