बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो, ८ घाइते

बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो, ८ घाइते

रामेछाप– रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं ६ मसानटारमा मंगलबार भएकाे बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

काठमाडौंबाट ओखलढुंगातर्फ हिडेको  ९९७५ नम्बरके यात्रुबाहक बस  दुर्घटना हुँदा मृत्यु हुनेके संख्या १२ पुगेकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरिक्षक भेला भट्टले जानकारी दिनुभयो ।

बस सडकबाट अनियन्त्रित भई तामाकेसी नदिमा  खसेको  थियाे। दुर्घटनामा परी ८ जना  यात्रु घाइते भएका रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताउनु  भयाे। घाइतेहरूको उद्धार गरी मन्थली र खुर्केटका  अस्पतालमा उपचारका लागि पठाइएको छ ।

स्थानीयवासी, नेपाल प्रहरी, नेपाली सेना  र सशस्त्र प्रहरी बलको टोलीले तत्काल उद्धार कार्य सुरू गरेको रामेछापका प्रहरी नायव उपरिक्षक भाेला भट्टले बताउनु भयो।

दुर्घटनाको कारण खुल्न नसकेको भए पनि तीव्र गति, सडकको अवस्था वा प्राविधिक गडबडी हुनसक्ने अनुमान गरिएको छ। दुर्घटनाको विस्तृत विवरण संकलन भइरहेको छ र मृतक तथा घाइतेको पहिचान गर्ने कार्य जारी रहेकाे  रामेछाप प्रहरीले जनाएकाे छ ।

बस नदिबाट बाहिर निकालिएकाे भएपनि केहि यात्रुहरू अझै पानीमा बेपत्ता भएकाे अनुमानका अधारमा तामाकाेसी नदिमा खेजी कार्य जारी रहेकाे  प्रहरीले जनाएकाे छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

कृषि विकास बैंकको ५९औँ वार्षिकोत्सवको अवसरमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

कृषि विकास बैंकको ५९औँ वार्षिकोत्सवको अवसरमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

प्रधानमन्त्रीसँग राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारी छलफलमा

प्रधानमन्त्रीसँग राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारी छलफलमा

पूर्वाधार निर्माणलाई गति दिन विमानस्थल राति सात घण्टा बन्द हुने

पूर्वाधार निर्माणलाई गति दिन विमानस्थल राति सात घण्टा बन्द हुने

विश्वविद्यालयमा दलीय राजनीति निषेध गर्न उपकुलपतिहरूलाई प्रधानमन्त्री शाहको निर्देशन

विश्वविद्यालयमा दलीय राजनीति निषेध गर्न उपकुलपतिहरूलाई प्रधानमन्त्री शाहको निर्देशन

भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द

भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

उदयपुरको बेल्टार बजारमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु

उदयपुरको बेल्टार बजारमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु