काठमाडौं उपत्यकाका कांग्रेस उम्मेदवारहले साझा योजना ल्याउने

काठमाडौं उपत्यकाका कांग्रेस उम्मेदवारहले साझा योजना ल्याउने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले संघीय राजधानी उपत्यकाअर्तगत पर्ने काठमाडौं, ललितपुर र भक्तपुरका कांग्रेसका उम्मेदवारहरुका तर्फबाट साझा योजनासहितको प्रतिबद्धता तयार पार्ने गृहकार्य थालका छन् ।

काठमाडौं ५ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका महामन्त्री पौडेलले उपत्यकाको दिगो विकासका लागि आगामी पाँच वर्षमा गरिने साझा कामको खाका बनाउने पहल गरेका हुन् ।

खाका बनाउनका लागि उनले संघीय राजधानीको यातायात, पूर्वाधारसहितका मुद्दाहरुमा उम्मेदवारहरुबीच परामर्श गरिरहेका छन् । परामर्शपश्चात तयार पारिने योजना सार्वजनिक गर्ने तयारी गरिएको महामन्त्री पौडेलले बताए ।

‘संघीय राजधानीमा धेरै जिल्ला र क्षेत्र छन्,’ उनले भने, ‘आ आफ्नो क्षेत्रमात्र भन्दा पनि सबै जिल्ला र क्षेत्रको विकासमा साझा सहमति जुटाएर अघि बढे नागरिक माझ जान र भावी दिनमा काम गर्न समेत सजिलो हुने विश्वास छ ।’

महामन्त्री पौडेलले सांसद रहँदा उपत्यकाको रिङ रोडको विकासका लागि उपत्यकाभित्रका सांसदहरुसँगको सहकार्यमा दबाबमूलक अभियान चलाएका थिए । फलस्वरुप अहिले काठमाडौंभित्रको रिङरोडको विकास योजनाले गति पाएर सडक व्यवस्थित प्रक्रिया अघि बढिरहेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

पार्टीको नक्कली लेटरप्याड बनाएर प्रयोग गरेकोमा नेता खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने निर्णय

पार्टीको नक्कली लेटरप्याड बनाएर प्रयोग गरेकोमा नेता खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने निर्णय

मातहतका कर्मचारीका लागि सञ्चार मन्त्रालयले जारी गर्‍यो नौ बुँदे आचारसंहिता

मातहतका कर्मचारीका लागि सञ्चार मन्त्रालयले जारी गर्‍यो नौ बुँदे आचारसंहिता

१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयनबारे सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न समिति गठन

जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयनबारे सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न समिति गठन

पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने

जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने

अब शिक्षकहरूको अवकाशपछिको ‘सिटरोल’ प्रदेशस्तरबाट

अब शिक्षकहरूको अवकाशपछिको ‘सिटरोल’ प्रदेशस्तरबाट