गृहमन्त्री अर्याल – सार्वजनिक सेवा प्रसारण संस्था

गृहमन्त्री अर्याल – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ– गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकभर सञ्चारको पहुँच विस्तार गर्दै आर्थिक समृद्धिमा नेपाल टेलिकमले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ । नेपाल टेलिकमको २२औँ वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले प्राकृतिक विपद्, भूकम्प तथा महामारीजस्ता सङ्कटका समयमा नेपाल टेलिकमले निर्वाह गरेको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

सेवा विस्तारसँगै डिजिटल सेवा, डिजिटल साक्षरता र समग्र देश विकासमा नेपाल टेलिकमले उल्लेखनीय योगदान पु¥याएको उहाँको भनाइ छ । गृहमन्त्री अर्यालले दूरसञ्चार सेवा सम्पर्कको माध्यम मात्र नभइ शैक्षिक, आर्थिक र सामाजिक विकासको प्रमुख पूर्वाधार बनेको बताउनुभयो ।

“नविनतम प्रविधिको आधारमा गुणस्तरीय सेवा प्रवाह गर्नु समयको आवश्यकता भएको छ,” उहाँले भन्नुभयो, “नयाँ–नयाँ प्रविधिमा आधारित सेवाको विकास गर्दै सार्वजनिक दायित्व र नवप्रवर्तनलाई सन्तुलनमा राखेर गुणस्तरीय सेवा उपलब्ध गराउनु सेवाग्राहीको हक र अधिकार हो ।”सन्तुष्ट ग्राहक नै कम्पनीको दिगो विकासको आधारस्तम्भ भएकाले यसतर्फ कम्पनीले विशेष ध्यान दिनुपर्ने उहाँको धारणा छ । आगामी दिनमा नेपाल टेलिकमले अत्याधुनिक प्रविधिमा आधारित सेवा प्रवाह गर्दै ग्राहकको आत्मसन्तुष्टिलाई केन्द्रमा राख्ने विश्वास पनि गृहमन्त्री अर्यालले व्यक्त गर्नुभयो ।

सार्वजनिक संस्था नागरिक र सरकार जोड्ने सेतु भएको उल्लेख गर्दै उहाँले नागरिक–सरकार सम्बन्धलाई प्रगाढ बनाउन नेपाल टेलिकमको भूमिका महत्वपूर्ण रहने बताउनुभयो। सरकारको नीति तथा कार्यक्रमलाई आत्मसात् गर्दै नागरिकप्रतिको कर्तव्य निर्वाहमा नेपाल टेलिकमले सरकारसँगको सहकार्यलाई निरन्तरता दिने विश्वास आफूले लिएको उहाँले भन्नुभयो ।

नेपाल टेलिकमको सुदृढीकरण र विकासमा सरकारले अभिभावकत्वको भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि गृहमन्त्री अर्यालले व्यक्त गर्नुभयो । समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले नेपाल टेलिकमले गुणस्तरीय सेवा विस्तार गर्दै दुर्गम तथा पिछडिएका क्षेत्रमासमेत पहुँच स्थापित गरिने बताउनुभएको छ । उहाँले नेपाल टेलिकमको सेवा विस्तारले सर्वसाधारणको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै सेवाको गुणस्तर अझै वृद्धि गरिने स्पष्ट पार्नुभयो । सचिव बस्नेतले भन्नुभयो,“नेपाल टेलिकमले सर्वसाधारणको जीवनस्तरमा सकारात्मक प्रभाव पार्नेछ र सेवाको गुणस्तरलाई थप प्रभावकारी बनाउनेछ ।”

सचिव बस्नेतले डिजिटल समावेशिता विस्तार गर्दै सबै नागरिकलाई समान सञ्चार सेवाको पहुँच सुनिश्चित गर्न नेपाल टेलिकमले निरन्तर पहल गरिरहेको पनि बताउनुभयो । समारोहमा नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीले कम्पनीले फोरजी÷एलटीई सेवाको जडान, विस्तार, स्तरोन्नति तथा वितरणलाई निरन्तरता दिँदै हाल सातै प्रदेशका ७७ जिल्लाका ७४९ स्थानीव तहमा सो सेवाको पहुँच विस्तार गरेको जानकारी दिनुभयो । “हालसम्म टुजी, थ्रीजी र फोरजी प्रविधिमा आधारित मोबाइल सेवाका बिटीएसमार्फत देशभरका विभिन्न ४,७८८ स्थानमा मोबाइल सेवा उपलब्ध गराएको छ । अब थप चार स्थानीय तह हुम्लाको ताँजाकोट र अदानचुली, मुगुको सोरु तथा कार्मारोकक्या फोरजी सेवा सञ्चालनमा ल्याउन बाँकी रहेको छ,” उहाँले भन्नुभयो, “हाल सञ्चालनमा रहेको फोरजी कोर सिस्टमलाई स्तरोन्नती गरी फाइभजी सेवाको सुरुआत गर्नको लागि आपूर्तिकर्ताबाट प्राप्त प्रस्तावको अध्ययन सम्पन्न भई पुनराबलोकनका चरणमा रहेको छ ।” टेलिकमका अनुसार गत असार मसान्तसम्म २१ लाख ७४ हजार ६४ क्षमता रहेको एफटिटीएच नेटवर्क हाल २२ लाख ६५ हजार पुगेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

आर्थिक बर्षको अन्त्यमा हतारको खर्च,पहिले भुक्तानी काम पछि

आर्थिक बर्षको अन्त्यमा हतारको खर्च,पहिले भुक्तानी काम पछि

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा

राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलद्वारा राजीनामा

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलद्वारा राजीनामा