इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा

इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा

इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले अब सबै युरोपेली सङ्घ (इयु) का सेनालाई आतङ्कवादी समूह मानेको बताउनुभएको छ । इयुले इरानको अर्धसैनिक क्रान्तिकारी गार्डलाई आतङ्कवादी समूह घोषणा गरेपछि यो प्रतिक्रिया आएको हो । इयुको घोषणा देशव्यापी विरोध प्रदर्शनमाथि भएको रक्तपातपूर्ण दमनको सन्दर्भमा गरिएको थियो ।

पूर्व गार्ड कमान्डर समेत रहनुभएका संसद अध्यक्ष मोहम्मद बाघेर कालिबाफले यो पदनाम व्यवहारिकभन्दा बढी प्रतीकात्मक हुने सम्भावना रहेको बताउनुभयो । सन् २०१९ मा संयुक्त राज्य अमेरिकाले क्रान्तिकारी गार्डलाई आतङ्कवादी समूह घोषणा गरेपछि इरानले त्यही कानून प्रयोग गर्दै अन्य राष्ट्रका सेनालाई पनि आतङ्कवादी सूचीमा राख्ने व्यवस्था गरेको स्मरण गराइएको छ ।

यो घोषणा मध्यपूर्वमा बढ्दो तनावको पृष्ठभूमिमा आएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सम्भावित सैन्य कारबाहीबारे विचार गरिरहनुभएको सन्दर्भमा क्षेत्रीय अवस्था थप संवेदनशील बनेको छ । इरानले पर्सियन खाडीको रणनीतिक होर्मुज जलडमरूमध्यमा आइतबार र सोमबार प्रत्यक्ष फायर सैन्य अभ्यास गर्ने योजना बनाएको छ । यही जलडमरूमध्यबाट विश्वको करिब पाँचौँ भाग तेल व्यापार आवागमन हुन्छ ।

संसद् बैठकमा कालिबाफ र अन्य सांसदहरू क्रान्तिकारी गार्डप्रतिको समर्थन जनाउँदै गार्डको वर्दीमा उपस्थित थिए । ब्यालेस्टिक मिसाइल कार्यक्रमको नियन्त्रणसमेत गर्ने र देशभित्र विशाल आर्थिक प्रभाव राख्ने क्रान्तिकारी गार्डले इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीलाई मात्र जवाफ दिने गर्छ ।

युरोपमा आतङ्कवाद फैलिन नदिने सबैभन्दा ठुलो बाधा बनेको गार्डमाथि आक्रमण गर्न खोज्दा युरोपेलीहरूले आफ्नै खुट्टामा गोली हानेका छन्”, कालिबाफले भन्नुभएको छ । उहाँका अनुसार युरोपेली नेताहरूले फेरि एकपटक अमेरिकीहरूप्रति अन्धो आज्ञाकारिता देखाउँदै आफ्नै जनताको हितविरुद्ध निर्णय गरेका छन् ।

सत्रका क्रममा सांसदहरूले ‘अमेरिका मूर्दावाद’ र ‘इजरायल मूर्दावाद’ भन्ने नारा पनि लगाएका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानविरुद्ध सैन्य कारबाहीका लागि दुई वटा सर्त अघि सारेको बताइएको छ । ती सर्तमा शान्तिपूर्ण प्रदर्शनकारीहरूको हत्या वा प्रदर्शनसँग सम्बन्धित व्यक्तिहरूलाई सामूहिक मृत्युदण्ड दिने अवस्था सिर्जना हुनु समावेश छन् । यसका साथै उहाँले इरानको आणविक कार्यक्रमबारे पनि बढ्दो चासो व्यक्त गर्नुभएको छ । जुन कार्यक्रमका विषयमा इजरायलले इरानसँग १२ दिनको युद्ध सुरु गर्नुअघि अमेरिकाले तेहरानसँग विभिन्न चरणमा वार्ता गरेको थियो ।

युद्धका क्रममा अमेरिकाले इरानका तीन वटा आणविक स्थलमा बम आक्रमण गरेको थियो । तीमध्ये दुई स्थलमा इरानले उपग्रहको दृश्य अस्पष्ट पार्ने प्रयास गरिरहेको हुनसक्ने र बाँकी संरचना हटाउने काम भइरहेको आकलन गरिएको छ ।

शनिबार राति ट्रम्पले इरानबारे अन्तिम निर्णय गरिसकेको हो कि होइन भन्ने प्रश्नमा स्पष्ट जवाफ दिन अस्वीकार गर्नुभएको थियो । फ्लोरिडातर्फ जाँदै गर्दा पत्रकारहरूसँग कुरा गर्दै उहाँले अमेरिकी कारबाही रोकिएमा तेहरानलाई प्रोत्साहन मिल्छ कि भन्ने प्रश्नलाई टार्नुभयो ।

इरानलाई कुनै पनि हालतमा आणविक हतियार प्राप्त गर्न नदिने उद्देश्यले ‘सन्तोषजनक’ सम्झौताका लागि वार्ता आवश्यक रहेको ट्रम्पको भनाइ छ । “उनीहरू हामीसँग कुरा गरिरहेका छन् र हामी गम्भीरतापूर्वक छलफल गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

सञ्चारमन्त्री तिमिल्सिनासँग एडिबी नेपालका निर्देशक कोस्वाको शिष्टाचार भेटवार्ता 

सञ्चारमन्त्री तिमिल्सिनासँग एडिबी नेपालका निर्देशक कोस्वाको शिष्टाचार भेटवार्ता 

प्रतिनिधिसभाअन्तर्गत समितिका सदस्य हेरफेर – सार्वजनिक सेवा प्रसारण संस्था

प्रतिनिधिसभाअन्तर्गत समितिका सदस्य हेरफेर – सार्वजनिक सेवा प्रसारण संस्था

पूर्वमन्त्री खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, विदेश जान अदालतको अनुमति लिनुपर्ने

पूर्वमन्त्री खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, विदेश जान अदालतको अनुमति लिनुपर्ने

भारत सरकारको सहयोगमा बागलुङमा स्वास्थ्य चौकी बन्दै

भारत सरकारको सहयोगमा बागलुङमा स्वास्थ्य चौकी बन्दै

नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धि मुद्दा हेर्दा हेर्दैमा

नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धि मुद्दा हेर्दा हेर्दैमा