‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत

‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत

बेलबारी (मोरङ)- सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ काँकरभिट्टाबाट लौकही सडकखण्डमा निर्माण सुरु भएको दुई वर्षमा करिब ३५ प्रतिशत काम सकिएको छ ।

आइतबारदेखि झापाको पाडाजुगीबाट पश्चिम सडक पहिलो चरणको एकलेन कालोपत्र सुरु भएको आयोजनाअन्तर्गत पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले बताउनुभयो । निर्माण सम्झौता भएको दुई वर्षमा करिब ३५ प्रतिशत काम सकिएको उहाँले जानकारी दिनुभयो ।

प्रमुख प्रजापतिका अनुसार एसियन राजमार्ग नं २ अन्तर्गत काँकरभिट्टाबाट लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ दशमलव ७६ किमी सडक मात्र ठेक्का लागेर काम भइरहेको छ । पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर काम भइरहेको उहाँले उल्लेख गर्नुभयो ।

हालसम्म दुवैखण्डमा गरी करिब २० किलोमिटर एकतर्फी सडकमा पहिलो चरणको कालोपत्र सकिएको छ । आयोजना पूर्वी खण्ड दमक कार्यालयका प्रमुख सुनीलबाबु पन्तका अनुसार पूर्वीखण्डमा पनि करिब ३५ प्रतिशत काम सम्पन्न भएको बताउनुभयो ।

निर्माण सामग्री उपलब्धतामा सहजता भएमा कामले तीव्रता पाउने पन्तले बताउनुभयो । पूर्वी खण्डमा बिजुलीका खम्बा सार्ने काम करिब ८० प्रतिशत सकिएको जनाउँदै उहाँले पश्चिम खण्डमा करिब ४० प्रतिशत मात्र काम भएको बताउनुभयो । बजार क्षेत्रका खम्बा सार्न बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ । कार्यालयका अनुुसार पूर्वी खण्डका ठूला पुल निर्माणमा २३ प्रतिशत प्रगति भएको छ भने पश्चिम खण्डमा २५ प्रतिशत प्रगति भएको छ ।

एसियन हाइवे थाइल्याण्डको बैंककबाट सुरु भई म्यान्मा, बङ्गलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व–पश्चिम राजमार्ग भएर भारतको दिल्ली हुँदै पाकिस्तानको कराँचीसम्म पुग्नेछ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाका साथ एशियाली विकास बैंकको आर्थिक सहयोगमा विसं २०८० माघ १९ गतेदेखि सडक निर्माण काम सुरू भएको हो ।

यो आयोजना निर्माणमा ३० करोड अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । तीन वर्गमा निर्माण हुने उक्त सडक बजार क्षेत्र, जङ्गल क्षेत्र र ग्रामीण क्षेत्र भनेर छुट्याइएको छ । बजार क्षेत्रमा ५० मिटर, जङ्गल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडाइको सडक निर्माण हुनेछ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रधानमन्त्री वालेन्द्र शाह र मुख्यमन्त्रीहरुबीच छलफल

प्रधानमन्त्री वालेन्द्र शाह र मुख्यमन्त्रीहरुबीच छलफल

कृषि क्षेत्रमा लगानी विस्तारमा एडीबीसँग सहकार्य सुदृढ गर्ने मन्त्री चौधरीको प्रतिबद्धता

कृषि क्षेत्रमा लगानी विस्तारमा एडीबीसँग सहकार्य सुदृढ गर्ने मन्त्री चौधरीको प्रतिबद्धता

कालीगण्डकी नदीमा बेपत्ता दुई युवक मृत फेला

कालीगण्डकी नदीमा बेपत्ता दुई युवक मृत फेला

रसुवामा वैशाख १३, १४ र १५ गते चौँरी महोत्सव

रसुवामा वैशाख १३, १४ र १५ गते चौँरी महोत्सव

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि – सार्वजनिक सेवा प्रसारण संस्था

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि – सार्वजनिक सेवा प्रसारण संस्था

स्याउका बोट सेताम्मे – सार्वजनिक सेवा प्रसारण संस्था

स्याउका बोट सेताम्मे – सार्वजनिक सेवा प्रसारण संस्था

सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह

सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह