४५ वर्षदेखि भाँडाको भारी बोकेर व्यापार गर्दै सिन्धुपाल्चोकका व्यापारी

४५ वर्षदेखि भाँडाको भारी बोकेर व्यापार गर्दै सिन्धुपाल्चोकका व्यापारी

गलेश्वर (म्याग्दी)- सिन्धुपाल्चोकका ६० वर्षीय फूलबहादुर तामाङ विसं २०३७ देखि भाँडाको भारी बोकेर म्याग्दीका गाउँमा पुगी पुराना भाँडासँग साट्ने तथा बिक्री गर्ने काम गर्दै आउनुभएका छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ का फूलबहादुरसहित अन्य तीन जना व्यापारीले भाँडा बिक्री गर्न ४५ वर्षदेखि घुमन्ते जीवन बिताइरहनुभएको हो ।

धादिङका चेतबहादुर विक र विसु गुरुङ पनि तामाङसँगै पिँठ्यूमा डोकाभरि भाँडा बोकेर बिक्री गर्न म्याग्दीको सदरमुकाम बेनीसहित यहाँका छवटै स्थानीय तह सबै बस्तीमा पुग्ने गरेका विसु गुरुङले बताउनुभयो । उहाँहरूले पर्वतको अर्मादीमा भाँडाभण्डारण गरेर राख्नुभएको छ ।

गाउँमा तीन छोरा र श्रीमती भएका तामाङलाई आफ्ना पुर्खाले कहिलेदेखि घुमन्ते व्यापार गर्न थालेका हुन् भन्ने यकीन छैन । तर, पनि बाबुबाजेको पालादेखि यही पेसा गर्ने गरेकाले आफूले पनि निरन्तरता दिएको फूलबहादुरले बताउनुभयो । पहिलो पटक १४ वर्षको उमेरमा बाबासँग भाँडा बोकेर व्यापारमा निस्केका तामाङ अहिलेसम्म पनि त्यही पेसामै हुनुहुन्छ ।

गुरुङ मङ्सिरको अन्तिम साता धादिङबाट पर्वतको अर्मादी आउनुभएका थियो । आफ्नो समूहले चैतको पहिलो सातासम्म यही क्षेत्रमा व्यापार गरेपछि पुनःगाउँ फर्केर अर्को ठाउँमा व्यापारका लागि हिँड्ने योजना बनाउने गरेको उहाँले जानकारी दिनुभयो ।

डोकोमा नयाँ भाडा ल्याएर गाउँमा गएर कोही बेच्ने कोही साट्ने गर्ने सिन्धुपाल्चोकका व्यापारीको पुस्तेनी काम हो । “आफ्नो नयाँ सामान र ग्राहकसँगको पुरानो सामानको पनि मूल्य निर्धारण गर्छौँ र बराबर मूल्य परेमा पुरानो लिएर नयाँ सामान दिन्छौँ । यदि मूल्य नयाँको कम परेमा आफूहरूले दिने र पुरानोको कम भएमा ग्राहकसँग रकम लिएर साट्ने गरिन्छ”, उहाँले भन्नुभयो ।

गुरुङले व्यापार पहिला जस्तो नभएकाले आम्दानी पनि घटेको बताउनुभयो । वर्षमा एकपटक पर्वत, बागलुङ, म्याग्दीलगायत क्षेत्रमा व्यापारका लागि आउने जनाउँदै उहाँले सबै खर्च कटाएर मासिक २० देखि २५ हजार रुपैयाँसम्म जोगिने उल्लेख गर्नुभयो ।

आधुनिक प्रविधिको विकाससँगै मानिस छिटो र भरपर्दो सेवाको प्रयोगमा लाग्छन् । आफ्ना आवश्यकता परिपूर्ति गर्न आधुनिक स्रोतसाधनको प्रयोग बढेको छ । सडक यातायातको विकासले गाउँघरमै सुविधा पाएपछि ग्रामीण क्षेत्रका स्थानीय बासिन्दा आफैँ बजार झरेर नयाँ भाँडा किन्ने गर्छन् ।

केही वर्षअघिसम्म पुराना भाँडा सबैका घर-घरमा देखिन्थे । भाँडा साटफेर गर्नेहरु गाउँगाउँमा भाँडा साट्दै हिँड्ने गर्दथे । आजभोलि गाउँघरतिर डोकोमा भाँडो बोकेर हिँडेको बिरलै भेटिन्छन् ।

Source link

संबधित खबर

धेरै पढ़िएको

स्याउका बोट सेताम्मे – सार्वजनिक सेवा प्रसारण संस्था

स्याउका बोट सेताम्मे – सार्वजनिक सेवा प्रसारण संस्था

सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह

सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह

आजका लागि कृषिउपजको थोक मूल्य

आजका लागि कृषिउपजको थोक मूल्य

कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह

कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह

जुम्लामा बाउन्न हेक्टर क्षेत्रफलमा फुजी स्याउको खेती

जुम्लामा बाउन्न हेक्टर क्षेत्रफलमा फुजी स्याउको खेती

डिजेल र मट्टीतेलको मूल्य बढ्यो, पेट्रोलको यथावत

डिजेल र मट्टीतेलको मूल्य बढ्यो, पेट्रोलको यथावत

जलवायुमैत्री कृषिमार्फत चुनौतीको सामना गर्दै किसान

जलवायुमैत्री कृषिमार्फत चुनौतीको सामना गर्दै किसान