उम्मेदवारविरुद्ध परेको उजुरीमाथि जाँचबुझ गरिदैैं,आजै नामावली प्रकाशन गरिने

उम्मेदवारविरुद्ध परेको उजुरीमाथि जाँचबुझ गरिदैैं,आजै नामावली प्रकाशन गरिने

काठमाडौँ- निर्वाचन आयोगले उम्मेदावरहरु माथि परेका उजुरीमाथि छानविन सुरु गरेको छ । विभिन्न जिल्लाका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार विरुद्धको उजुरीमाथि छानविन भइरहेको आयोगले जनाकारी दिएको हो । माधव कुमार नेपाल रेशम चौधरी लगायतका ५ जना उम्मेदवारीलाई लिए उजुरी परेको बताइएको छ।

उजुरी छान विन पछि  मनोनयनपत्र पेस गरेका उम्मेदवारहरूको नामावली आज प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ । मनोनय दर्तापछि हिजो उजुरीको समय थियो । दर्ता भएका उजुरीबारे जाँचबुझ गर्ने काम भइसकेकोले आयोगको कार्यतालिका अनुसार आज साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

भोलि माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । भोलि १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । भोलि नै दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

पुरुष ३०८९, महिला ३९६ र तेस्रो लिङ्गी एक गरी तीन हजार ४८७ को उम्मेदवारी दर्ता भएको छ । जेनजी आन्दोलनका कारण संसद विघटन गरेर कार्यकाल पूरा नहुँदै प्रतिनिधि सभाको निर्वाचन हुन लागेको हो । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन मिति तोकेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

सञ्चारमन्त्री तिमिल्सिनासँग एडिबी नेपालका निर्देशक कोस्वाको शिष्टाचार भेटवार्ता 

सञ्चारमन्त्री तिमिल्सिनासँग एडिबी नेपालका निर्देशक कोस्वाको शिष्टाचार भेटवार्ता 

प्रतिनिधिसभाअन्तर्गत समितिका सदस्य हेरफेर – सार्वजनिक सेवा प्रसारण संस्था

प्रतिनिधिसभाअन्तर्गत समितिका सदस्य हेरफेर – सार्वजनिक सेवा प्रसारण संस्था

पूर्वमन्त्री खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, विदेश जान अदालतको अनुमति लिनुपर्ने

पूर्वमन्त्री खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, विदेश जान अदालतको अनुमति लिनुपर्ने

भारत सरकारको सहयोगमा बागलुङमा स्वास्थ्य चौकी बन्दै

भारत सरकारको सहयोगमा बागलुङमा स्वास्थ्य चौकी बन्दै

नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धि मुद्दा हेर्दा हेर्दैमा

नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धि मुद्दा हेर्दा हेर्दैमा

यी हुन रास्वपाका संसदीय पदाधिकारी र समितिको नेतृत्वका उम्मेदवार

यी हुन रास्वपाका संसदीय पदाधिकारी र समितिको नेतृत्वका उम्मेदवार