धरानको जिरो प्वाइन्टमा बस दुर्घटना,५ जनाको मृत्यु

धरानको जिरो प्वाइन्टमा बस दुर्घटना,५ जनाको मृत्यु

सुनसरी -धरानको जिरो प्वाइन्टमा आइतबार दिउँसो भएको बस दुर्घटनामा पाँच जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन्।

धरान–१३ स्थित कोसी राजमार्गअन्तर्गत भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको ‘इन्टरनेशनल टेम्स एकेडेमी’ लेखिएको बस दिउँसो करिब ४ः१५ बजे अनियन्त्रित भई दुर्घटनामा परेको हो।

अनियन्त्रित बस श्रीकृष्ण प्रणामी मन्दिरको सटरमा रहेको ‘न्यु सभा मेडिकल’ मा ठोक्किँदा घटनास्थलमै पाँच जनाको मृत्यु भएको सुनसरीका प्रहरी प्रमुख एसपी केशव थेबे ले जानकारी दिनुभयो। मृतकहरूको पहिचान हालसम्म खुल्न सकेको छैन।

दुर्घटनामा घाइते भएका १२ जनालाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। घाइतेहरूको अवस्था निगरानीमा रहेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाउनासाथ धरानका डीएसपी विष्णु बाबु राईको कमान्डमा २० जना प्रहरी टोली घटनास्थलमा खटिएर उद्धार तथा अनुसन्धान कार्य भइरहेको एसपी थेबेले बताउनुभयो।

बस दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको र प्रारम्भिक रूपमा ब्रेक फेल वा तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

संसदमा नौ वटा विधेयक पेश गर्न सरकारको स्वीकृति

संसदमा नौ वटा विधेयक पेश गर्न सरकारको स्वीकृति

सामाजिक सद्भाव कायम गर्ने साझा प्रतिबद्धतासँगै जनजीवन सहज बन्दै

सामाजिक सद्भाव कायम गर्ने साझा प्रतिबद्धतासँगै जनजीवन सहज बन्दै

निरन्तर घट्दै शेयर बजार – सार्वजनिक सेवा प्रसारण संस्था

निरन्तर घट्दै शेयर बजार – सार्वजनिक सेवा प्रसारण संस्था

हसिनाको स्वदेश फर्किने घोषणा – सार्वजनिक सेवा प्रसारण संस्था

हसिनाको स्वदेश फर्किने घोषणा – सार्वजनिक सेवा प्रसारण संस्था

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी–व्यवसायीहरूलाई अर्थमन्त्रीको आग्रह

ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी–व्यवसायीहरूलाई अर्थमन्त्रीको आग्रह

जब बिर्तामोडको आकाशमा उडे चन्द्रयान र रकेट

जब बिर्तामोडको आकाशमा उडे चन्द्रयान र रकेट