दुर्घटनामा मृत्यु भएका ५ जनाको पहिचान खुल्यो, १३ जना घाइते

दुर्घटनामा मृत्यु भएका ५ जनाको पहिचान खुल्यो, १३ जना घाइते

सुनसरी- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक चन्द्र खड्काका अनुसार दुर्घटनामा मृत्यु हुनेमा महोत्तरीको साम्सी गाउँपालिकाको गैढाभेटपुरका धैरियाकुमार यादव, जनकपुरका १८ महिने बालक ऋषमकुमार मण्डल, सुनसरीको बराहक्षेत्र–३ का ओमेश राई, झापाको मेचीनगरका नयन थापा मगर तथा धरान–१३ का सुवेक्षा सुब्बा रहेका छन् ।

धनकुटाबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको बस धरान उपमहानगरपालिका–१३ जिरो प्वाइन्टमा दुर्घटना भएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार, जनकपुरबाट सुनसरी यातायात कार्यालयमा गाडी नामसारी गर्न आएको बस भेडेटार घुम्न जाने क्रममा डिजल सकिएपछि बाटोबाटै फर्काउने क्रममा दुर्घटनामा परेको हो ।

बसमा सवार घाइते १३ जनाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता खड्काले जानकारी दिनुभयो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

जब बिर्तामोडको आकाशमा उडे चन्द्रयान र रकेट

जब बिर्तामोडको आकाशमा उडे चन्द्रयान र रकेट

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

संसदीय सुनुवाइ समितिको बैठक बस्दै

संसदीय सुनुवाइ समितिको बैठक बस्दै

दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने

दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने

शान्ति र संयमता अपनाउन रास्वपा सभापति लामिछानेको अपिल

शान्ति र संयमता अपनाउन रास्वपा सभापति लामिछानेको अपिल

सामाजिक र धार्मिक सद्भाव कायम राख्न सरकारको अपिल

सामाजिक र धार्मिक सद्भाव कायम राख्न सरकारको अपिल

 कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

 कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त