आज निर्वाचनको कार्यक्रम – सार्वजनिक सेवा प्रसारण संस्था

आज निर्वाचनको कार्यक्रम – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनले निर्वाचनको कार्यतालिका अगाडि बढाएको छ । नेपाली कांग्रेस विशेष महाधिवेशनद्वारा गठन गरेको निर्वाचन समितिले उम्मेदवार मनोनयनको काम आज बिहान ९.१५ बजेसम्मका लागि समय तोकेको छ । त्यसलगत्तै निर्वाचनको अन्य काम अगाडि बढाइने निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिनुभयो ।

पार्टीको पुरानै विधानअनुसार हुनलागेको निर्वाचनमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक सय २१ सदस्य पदमा मतदान हुनेछ । विशेष महाधिवेशनले बनाएको कार्यविधिमा पाँच सदस्यीय निर्वाचन समितिको रहने व्यवस्थाअनुसार वरिष्ठ अधिवक्ता केसीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेकामा निधन भएका र अन्य पार्टीमा प्रवेश गरेकाबाहेक हाल चार हजार ६३५ महाधिवेशन प्रतिनिधि रहेका छन् ।

Source link

संबधित खबर

धेरै पढ़िएको

छारेभिरको पहिरो पन्छाउन सकस – सार्वजनिक सेवा प्रसारण संस्था

छारेभिरको पहिरो पन्छाउन सकस – सार्वजनिक सेवा प्रसारण संस्था

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल – सार्वजनिक सेवा प्रसारण संस्था

अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल – सार्वजनिक सेवा प्रसारण संस्था

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

प्रतिनिधिसभाको बैठक बस्दै – सार्वजनिक सेवा प्रसारण संस्था

प्रतिनिधिसभाको बैठक बस्दै – सार्वजनिक सेवा प्रसारण संस्था

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित

सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित