Wednesday, 28 October 2026
ब्रेकिङ
समाचार

सभापति देउवा र दुई महामन्त्रीबीच छलफल, केन्द्रीय समितिको बैठक बस्दै

सभापति देउवा र दुई महामन्त्रीबीच छलफल, केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ- नेपाली काँग्रेसको विशेष महाधिवेशन अन्तर्गत आज नेतृत्व चयन गर्ने कार्य तालिका रहेपनि अहिलेसम्म निर्वाचन प्रकृया सुरु भएको छैन ।

विशेष महाधिवेशनको नेतृत्वकर्ता महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा आज विहान पार्टी भित्रको सहमतिका लागि सभापति शेरबहादुर देउवासँग छलफल गर्न देउवा निवास पुगेका थिए । छलफलको निर्णय सार्वजनिक नहुँदा महाधिवेशनस्थलमा अन्यौल  देखिएको छ।

पार्टी विभाजनको संघारमा पुगेको भन्दै आम काँग्रेस कार्यकर्ताहरुले चिन्ता व्यक्त गरिरहँदा दुबै पक्षका नेताहरु हिजोदेखि नै  संवाद र छलफलमा छन ।

सभापति देउवासमक्ष महामन्त्रीद्वयले राखेका प्रस्तावहरुलाई अहिलेको केन्द्रीय समितिको बैठकमा छलफल गराउने तयारी भएको छ ।

नेपाली काँग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक अहिले केहीबेरमा काँग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।

यता महाधिवेशनस्थल भृकुटी मण्डपमा भने ४ दिनदेखि महाधिवेशन प्रतिनिधिहरु नयाँ नेतृत्व चयनका लागि आतुर देखिन्छन । उनीहरु नीति र नेतृत्व परिवर्तन गर्ने भन्दै महाधिवेशनमा आएका थिए ।

विशेष महाधिवेशनले हिजै दुबै जना महामन्त्रीहरुको प्रस्ताव पारित गरेको थियो ।

सभापति देउवासँगको वार्ता असफल भए आज नै नयाँ नेतृत्व चयन हुने विशेष महाधिवेशन आयोजक समितिले जनाएको छ ।

नयाँ नेतृत्व चयनभएसँगै काँग्रेस औपचारिक रुपमा विभाजन हुने भन्दै कार्यकर्ताहरु चिन्तित बनेका छन ।।

Source link

तपाईंको प्रतिक्रिया