सभापति देउवा र दुई महामन्त्रीबीच छलफल, केन्द्रीय समितिको बैठक बस्दै

सभापति देउवा र दुई महामन्त्रीबीच छलफल, केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ- नेपाली काँग्रेसको विशेष महाधिवेशन अन्तर्गत आज नेतृत्व चयन गर्ने कार्य तालिका रहेपनि अहिलेसम्म निर्वाचन प्रकृया सुरु भएको छैन ।

विशेष महाधिवेशनको नेतृत्वकर्ता महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा आज विहान पार्टी भित्रको सहमतिका लागि सभापति शेरबहादुर देउवासँग छलफल गर्न देउवा निवास पुगेका थिए । छलफलको निर्णय सार्वजनिक नहुँदा महाधिवेशनस्थलमा अन्यौल  देखिएको छ।

पार्टी विभाजनको संघारमा पुगेको भन्दै आम काँग्रेस कार्यकर्ताहरुले चिन्ता व्यक्त गरिरहँदा दुबै पक्षका नेताहरु हिजोदेखि नै  संवाद र छलफलमा छन ।

सभापति देउवासमक्ष महामन्त्रीद्वयले राखेका प्रस्तावहरुलाई अहिलेको केन्द्रीय समितिको बैठकमा छलफल गराउने तयारी भएको छ ।

नेपाली काँग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक अहिले केहीबेरमा काँग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।

यता महाधिवेशनस्थल भृकुटी मण्डपमा भने ४ दिनदेखि महाधिवेशन प्रतिनिधिहरु नयाँ नेतृत्व चयनका लागि आतुर देखिन्छन । उनीहरु नीति र नेतृत्व परिवर्तन गर्ने भन्दै महाधिवेशनमा आएका थिए ।

विशेष महाधिवेशनले हिजै दुबै जना महामन्त्रीहरुको प्रस्ताव पारित गरेको थियो ।

सभापति देउवासँगको वार्ता असफल भए आज नै नयाँ नेतृत्व चयन हुने विशेष महाधिवेशन आयोजक समितिले जनाएको छ ।

नयाँ नेतृत्व चयनभएसँगै काँग्रेस औपचारिक रुपमा विभाजन हुने भन्दै कार्यकर्ताहरु चिन्तित बनेका छन ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

नेप्से परिसूचक ३३ अङ्कले बढ्यो

नेप्से परिसूचक ३३ अङ्कले बढ्यो

पार्टीको नक्कली लेटरप्याड बनाएर प्रयोग गरेकोमा नेता खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने निर्णय

पार्टीको नक्कली लेटरप्याड बनाएर प्रयोग गरेकोमा नेता खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने निर्णय

मातहतका कर्मचारीका लागि सञ्चार मन्त्रालयले जारी गर्‍यो नौ बुँदे आचारसंहिता

मातहतका कर्मचारीका लागि सञ्चार मन्त्रालयले जारी गर्‍यो नौ बुँदे आचारसंहिता

१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयनबारे सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न समिति गठन

जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयनबारे सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न समिति गठन

पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने

जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने