नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार, कारोवार रकम पनि बढ्यो

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार, कारोवार रकम पनि बढ्यो

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा मंगलबार सामान्य अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक चार दशमलव ९० अङ्कले बढेर दुई हजार ६३९ दशमलव ९१ को बिन्दुमा कायम भएको छ ।

मंगलबार ३४९ कम्पनीको एक करोड ३६ लाख २४ हजार ८२४ कित्ता सेयर ७७ हजार १७ पटक खरिदबिक्री हुँदा ६ अर्ब ९९ करोड चार लाख ८४ हजार ३९ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । यो अघिल्लो दिनको कारोवारभन्दा करिव ५० करोड रुपैयाँभन्दा धेरैले बढेको हो ।

मंगलबारको कारोबारमा बैंकिङ शून्य दशमलव १४, वित्त शून्य दशमलव २९, होटल तथा पर्यटन शून्य दशमलव ४८, जीवन बीमा शून्य दशमलव १७, उत्पादन तथा प्रशोधन शून्य दशमलव २३ र लघुवित्त शून्य दशमलव २० प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ । जलविद्युत एक दशमलव ०२, लगानी शून्य दशमलव ०४, म्युचुअल फण्ड शून्य दशमलव ४२, निर्जीवन बीमा शून्य दशमलव ०७, व्यापार शून्य दशमलव ९८ र अन्य समूह शून्य दशमलव ७८ प्रतिशतले बढेको छ ।

मंगलबार थ्रीस्टार हाइड्रोपावर लिमिटेडलेको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य सबभन्दा धेरै ६ दशमलव ०९ प्रतिशतले घटेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

आज पनि सुनचाँदीको मूल्य घट्यो

आज पनि सुनचाँदीको मूल्य घट्यो

नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

कानुनी समयसीमा उल्लंघन गर्दै स्थानीय सरकार, ७५३ मध्ये जम्मा २६० स्थानीय तहले ल्याए बजेट

कानुनी समयसीमा उल्लंघन गर्दै स्थानीय सरकार, ७५३ मध्ये जम्मा २६० स्थानीय तहले ल्याए बजेट

सुरु भयो नागढुंगा-मुग्लिन सडक निर्माण कार्य – सार्वजनिक सेवा प्रसारण संस्था

सुरु भयो नागढुंगा-मुग्लिन सडक निर्माण कार्य – सार्वजनिक सेवा प्रसारण संस्था

नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

 रास्वपा केन्द्रीय सदस्यका लागि ३८४ जनाको उम्मेदवारी

विपद्का पीडित राहतको पर्खाइमा, करोडौँ बजेट खर्चविहीन

विपद्का पीडित राहतको पर्खाइमा, करोडौँ बजेट खर्चविहीन