बेनीमा आजदेखि ‘खाना महोत्सव’

बेनीमा आजदेखि ‘खाना महोत्सव’

म्याग्दी- माघेसङ्क्रान्ति पर्वको अवसरमा आजदेखि जिल्ला सदरमुकाम बेनीमा खाना महोत्सव एवं कृषि मेला प्रदर्शनी सुरु हुँदैछ । म्याग्दी उद्योग वाणिज्य सङ्घअन्तर्गतको महिला उद्यम विकास समितिले यही आजदेखि माघ ३ गतेसम्म ११औँ माघेसङ्क्रान्ति मेला, खाना महोत्सव र कृषि मेला प्रर्दशनी आयोजना गरेको हो ।

बेनीमा परम्परागत रूपमा लाग्ने माघेसङ्क्रान्ति मेलाको संरक्षण, पुस्तान्तरण तथा कला, संस्कृतिको प्रवर्द्धन गर्ने, स्थानीय खाना, कला, मौलिक संस्कृतिको संरक्षण र सम्वर्द्धन, आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन, प्रतिभा पहिचानका साथै आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको समितिका सभापति अम्बिका श्रेष्ठले जानकारी दिनुभयो ।

स्थानीय उद्यमी, कृषक र औद्योगिक उत्पादनका ५० वटा कक्ष (स्टल) रहने महोत्सवमा खाना खाने, पेन्टिङ, लोक नृत्य, कृषि तथा पशुजन्य वस्तुको प्रदर्शनी, परम्परागत खेल, झाँकीको साथै कलाकारहरूको साङ्गीतिक प्रस्तुति रहने उहाँले जानकारी दिनुभयो ।

महिला उद्यमीहरूबीच बच्चाको टोपी, दुनाटपरी र बाटेको धुप बनाउने प्रतियोगिता आयोजना गरिएको छ । कृषि विकास कार्यालयले फलफूल, तरकारी, खाद्यबाली र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले पशुपंक्षी प्रर्दशनी गर्ने भएका छन् ।

महोत्सवमा स्थानीय उत्पादनको निःशुल्क प्रदर्शनीको व्यवस्था मिलाएको जिल्लास्थित उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । महोत्सवको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्नुहुने जनाइएको छ । महोत्सव उद्घाटन अघि बेनीमा सांस्कृतिक झाँकीसहितको र्‍याली निकालिने तयारी भएको छ ।

महोत्सव सञ्चालनका लागि २१ लाख २५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । कक्ष भाडा, प्रायोजक र सहयोगमार्फत आर्थिक सहयोग जुटाएर निःशुल्क महोत्सव अवलोकनको व्यवस्था मिलाइएको महिला उद्यम विकास समितिका महासचिव प्रमिला जोशी श्रेष्ठले बताउनुभयो ।

कक्ष निर्माणका साथै सुरक्षा निकाय र प्रशासनसँग समन्वय गरेर सुरक्षाको तयारी पनि गरिएको जनाउँदै उहाँले मेलालाई म्याग्दीको साझा कार्यक्रम बनाइएको बताउनुभयो । म्याग्दी उद्योग वाणिज्य सङ्घले हरेक तीन÷तीन वर्षमा महोत्सव आयोजना गर्दै आएको छ । सङ्घअन्र्तगतको महिला उद्यम विकास समितिले महोत्सव नहुँदाको वर्ष माघेसङ््क्रान्ति मेला सञ्चालन गर्दै आएको छ ।

म्याग्दीमा बाहुल्य बसोबास रहेको मगर समुदायले माघे र साउने सङ्क्रान्ति पर्वलाई विशेष महत्वका साथ मनाउने गर्दछन् । अल्पसङ्ख्यक छन्त्याल समुदायको सबैभन्दा ठूलो पर्व पनि माघेसङ्क्रान्ति हो ।

साउन सङ्क्रान्तिलाई हिउँद र माघेसङ्क्रान्तिलाई वर्खा सुरु हुने दिनका रूपमा मगर समुदायले धुमधामका साथ मनाउने चलन छ । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको जिल्ला सदरमुकाम बेनी बजारमा २०० वर्षअघि बस्ती बसेदेखि नै माघेसङ्क्रान्ति पर्वको अवसरमा मेला लाग्ने गरेको स्थानीय ज्येष्ठ नागरिक बताउँछन् ।

Source link

संबधित खबर

धेरै पढ़िएको

संसदीय दलको नेता चयन गर्न काँग्रेस सांसदहरुको बैठक बस्दै

संसदीय दलको नेता चयन गर्न काँग्रेस सांसदहरुको बैठक बस्दै

मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त

मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त

आजका लागि कृषिउपजको थोक मूल्य

आजका लागि कृषिउपजको थोक मूल्य

मातातीर्थमा मातृभक्तको भीड – सार्वजनिक सेवा प्रसारण संस्था

मातातीर्थमा मातृभक्तको भीड – सार्वजनिक सेवा प्रसारण संस्था

बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ

बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ

एकैदिन ५३ वटा फर्ममा विभागको अनुगमन

एकैदिन ५३ वटा फर्ममा विभागको अनुगमन

आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर