मनोनयन दर्ता शुल्क कस्को कति ?

मनोनयन दर्ता शुल्क कस्को कति ?

काठमाडौँ-  नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनले निर्वाचनका लागि मनोनयनपत्र दर्ता शुल्क तोकिएको छ ।

कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिले पार्टीको विधानअनुसार निर्वाचनका लागि मनोनयनपत्र दर्ता शुल्क तोकेको हो । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले सभापति पदका लागि रु ३० हजार, उपसभापति र महामन्त्रीका लागि रु २५ हजार, सहमहामन्त्रीका लागि रु २० हजार र केन्द्रीय सदस्यका लागि रु १० हजार तोकिएको जानकारी दिनुभयो ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेकामा निधन भएका र अन्य पार्टीमा प्रवेश गरेकाबाहेक हाल चार हजार ६३५ महाधिवेशन प्रतिनिधि कायम छन् ।

 पुरानै विधानअनुसार निर्वाचन हुने

कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनले पार्टीको पुरानै विधानअनुसार निर्वाचन गर्ने भएको छ ।

नेपाली कांग्रेस विशेष महाधिवेशनद्वारा गठन गरेको निर्वाचन समितिले आज पत्रकार सम्मेलन गरी पार्टीको पुरानो विधानअनुसार निर्वाचन गर्न लागेको जानकारी दिएको हो ।

पार्टीको पुरानो विधानअनुसार एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक सय २१ सदस्यको निर्वाचन हुने निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिनुभयो ।

विशेष महाधिवेशनले बनाएको कार्यविधिमा पाँच सदस्यीय निर्वाचन समिति रहने व्यवस्थाअनुसार वरिष्ठ अधिवक्ता केसीको संयोजकत्वमा समिति गठन गरेको थियो ।

निर्वाचन समितिका संयोजक केसीले मध्याह्न २ः०० देखि ३ः०० बजेसम्म उम्मेदवार मनोनयनको कार्यक्रम रहेको जानकारी दिनुभयो । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेकामा निधन भएका र अन्य पार्टीमा प्रवेश गरेकाबाहेक हाल चार हजार ६३५ महाधिवेशन प्रतिनिधि छन् ।

Source link

संबधित खबर

धेरै पढ़िएको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

हिउँपहिरोमा पुरिएर मनास्लुमा दुई जनाको मृत्यू

हिउँपहिरोमा पुरिएर मनास्लुमा दुई जनाको मृत्यू

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न सरकारलाई सुझाब

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न सरकारलाई सुझाब

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

डिजिटल’ रूपान्तरणलाई शासन, विकास र राष्ट्र निर्माणसँग जोड्नुपर्छः  सञ्चारमन्त्री

डिजिटल’ रूपान्तरणलाई शासन, विकास र राष्ट्र निर्माणसँग जोड्नुपर्छः  सञ्चारमन्त्री

नयाँ प्रणालीबाट लाइसेन्स छपाइको काम सुरु

नयाँ प्रणालीबाट लाइसेन्स छपाइको काम सुरु

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन