नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक

नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अगाडी बढाइएको छ । नव गठित निर्वाचन समितिले निर्वाचनसँग सम्बन्धित सम्पूर्ण कार्यतालिका सार्वजनिक गरेसँगै निर्वाचन कार्यक्रम अघि बढेको हो ।

वरिष्ठ अधिवक्ता सीताराम केसी संयोजक रहेको पाँच सदस्यीय निर्वाचन समितिले मंगलबार निर्वाचन  कार्यतालिका सार्वजनिक गर्दै आजैदेखि निर्वाचन प्रक्रिया सुरु हुने जनाएको हो । सार्वजनिक तालिकाअनुसार राति ९ बजेदेखि १ बजेसम्म मतदान सञ्चालन गरिनेछ ।

निर्वाचन समितिले जारी गरेको सूचनाअनुसार आज मध्यान्ह साढे १२ बजेसम्म पहिलो मतदाता नामावली सार्वजनिक गरिनेछ । सो नामावलीमाथि दाबी–विरोध तथा छलफलका लागि साढे १ बजेसम्म समय तोकिएको छ। त्यसपछि दिउँसो ४ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिने कार्यतालिकामा उल्लेख छ ।

मतदाता नामावली टुंगिएपछि उम्मेदवार दर्ता प्रक्रिया अघि बढ्नेछ । निर्वाचन समितिका अनुसार दिउँसो २ देखि ३ बजेसम्म मनोनयन दर्ता हुनेछ । त्यसपछि साढे ४ बजे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक गरिनेछ भने साँझ ८ बजेर ४५ मिनेटमा अन्तिम नामावली प्रकाशन गरिनेछ ।

अन्तिम नामावली प्रकाशनपछि राति ९ बजेदेखि मतदान सुरु भई राति १ बजेसम्म चल्ने व्यवस्था गरिएको छ । मतदान केन्द्रीय निर्वाचन समितिका लागि मात्र हुने जनाइएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

आर्थिक बर्षको अन्त्यमा हतारको खर्च,पहिले भुक्तानी काम पछि

आर्थिक बर्षको अन्त्यमा हतारको खर्च,पहिले भुक्तानी काम पछि

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा

राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलद्वारा राजीनामा

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलद्वारा राजीनामा