
विराटनगर– कोशी प्रदेश सरकारले यही असोज २२ र २३ गते विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन गर्ने निर्णय गरेको छ ।
आज यहाँ बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को २०औँ बैठकले विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पाले जानकारी दिनुभयो ।
मन्त्री शेर्पाका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रदेश सचिव आसमान तामाङलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको र सहसचिव नीता शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रदेश सचिवमा पदस्थापन गरी प्रदेश योजना आयोगको कामकाज गर्ने गरी खटाउने निर्णय भएको छ ।


