पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

काठमाडौँ– पछिल्लो २४ घण्टामा देशभर दुई सय ७२ वटा विपद्का घटना हुँदा २१ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले यही असोज ११ गते बिहान १० बजेदेखि असोज १२ गते बिहान १० बजेसम्मको अवधिमा भएका विपद्का घटनामा चार जना बेपत्ता र २६ जना घाइते भएको जानकारी दिनुभयो । प्राधिकरणका अनुसार सो अवधिमा सबैभन्दा बढी पहिरोका ९७ घटना भएका छन् । पहिरोमा परी २१ जनाको मृत्यु, चार जना बेपत्ता र चार जना घाइते भएका छन् ।

त्यसैगरी अविरल वर्षाका ८०, बाढीका ५७, सर्पदंशका १७, आगलागीका आठ, हावाहुरीका आठ, जनावर आक्रमणका चार र हिमपातको एउटा घटना भएको छ । बाढीका घटनामा मानवीय क्षति नभए पनि ४१५ जनाको उद्धार गरिएको प्राधिकरणको विवरणमा उल्लेख छ । अविरल वर्षाका घटनामा पनि सात सय जनाको उद्धार गरिएको छ ।

विपद्का कारण ४८ सडकखण्ड अवरुद्ध भएका छन् भने १२१ चौपायाको क्षति भएको छ । घटनाबाट भएको अनुमानित आर्थिक क्षति रु एक करोड ९१ लाख ६६ हजार रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा भएको विपद्मध्ये पहिरो, बाढी र अविरल वर्षाका घटना प्रमुख रहेका छन् । यस अवधिमा सुरक्षाकर्मी तथा सम्बन्धित निकायबाट उद्धार तथा खोजी कार्य जारी रहेको प्राधिकरणले जनाएको छ ।

–––

Source link

संबधित खबर

धेरै पढ़िएको

MTV Video Music Awards 2026 Full Winners List With Names | VMA 2026 Winners Complete List | MTV VMAs 2026 Winners Kpop BTS SWIM, Lisa (Blackpink) | MTV Video Music Awards BTS 2026 | MTV VMAs 2026 (Video Music Awards 2026) Winners Best Song, Best Artist, Best Video | MTV Video Music Awards Winners 2026 BTS, Taylor Swift, Sabrina Carpenter, Madonna, Olivia Rodrigo & Others

MTV Video Music Awards 2026 Full Winners List With Names | VMA 2026 Winners Complete List | MTV VMAs 2026 Winners Kpop BTS SWIM, Lisa (Blackpink) | MTV Video Music Awards BTS 2026 | MTV VMAs 2026 (Video Music Awards 2026) Winners Best Song, Best Artist, Best Video | MTV Video Music Awards Winners 2026 BTS, Taylor Swift, Sabrina Carpenter, Madonna, Olivia Rodrigo & Others

पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

Laguna Beach Cast: Where Are They Now? 

Laguna Beach Cast: Where Are They Now? 

विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयन बुधबार

Editor’s Take: Remembering Lata Mangeshkar, a Voice With Soul, a Legacy Without End

पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी

पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी

The Vvaan Monday Collection Prediction | The Vvaan Day 4 Collection Prediction | The Vvaan Today Collection (September 28, 2026) | The Vvaan 4 Days Collection Prediction | The Vvaan Force Of The Forrest Morning Occupancy Day 4 | The Vvaan Morning Shows Collection Day 4