नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक

नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक

नवलपुर – नारायणी नदीको बहाव उच्च भएपछि पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । नदीमा पानीको सतह बढेपछि चितवन र नवलपरासी (बर्दघाट-सुस्तापूर्व) जोड्ने पूर्वपश्चिम राजमार्गको नारायणी पुलमाथि ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

आज दिउँसो केही समयका लागि पुलमा पूर्ण रूपमा सवारीसाधन सञ्चालनमा रोक लगाइएकामा अहिले मोटरसाइकललाई मात्र छोडिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व) का सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो । पुल पुरानो भएको र अत्यधिक हल्लिएपछि सवारीसाधन पूर्ण रूपमा रोक लगाइएको उहाँले बताउनुभयो ।

सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले पुलमाथि रोकिएर पैदलयात्रीलाई तस्बिर, श्रव्यदृश्य सामग्री खिच्न रोक लगाइएको पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार नवलपुरबाट चितवनतर्फ जाने मोटरसाइकल बाहेकका सवारीसाधनलाई गैँडाकोटमा र नवलपुरतर्फ आउने सवारीसाधनलाई चितवनको नारायणघाटमा रोकिएको छ ।

नदीमा पानीको बहाव घटेपछि सवारीसाधन पूर्ण रूपमा सञ्चालन गर्न दिइने प्रहरी नायब उपरीक्षक पण्डितले बताउनुभयो । देवघाटस्थित जलमापन केन्द्रका अनुसार दिउँसो १ः५० बजे नारायणी नदीमा पानीको सतह ११ दशमलव ९१ मिटर पुगेको थियो । नदीमा पानीको बहाव बढ्ने क्रममा रहेको केन्द्रले जनाएको छ । केन्द्रमा सात दशमलव तीन मिटर पानीको सतहलाई चेतावनीको तह र नौ मिटरलाई खतराको तह मानिन्छ ।

नारायणीमा पानीको बहाव बढ्दै गएपछि गैँडाकोट, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा पर्ने नारायणी नदी तटीय क्षेत्रका बस्तीहरू डुबानमा परेका छन् ।

Source link

संबधित खबर

धेरै पढ़िएको

Akshaye Khanna Buys A Luxury Apartment In Malabar Hill Worth 33cr Post Dhurandhar’s Massive Success

Akshaye Khanna Buys A Luxury Apartment In Malabar Hill Worth 33cr Post Dhurandhar’s Massive Success

बाढी-पहिरोका कारण ६२० मेगावाट बिजुली प्रणाली बाहिर

बाढी-पहिरोका कारण ६२० मेगावाट बिजुली प्रणाली बाहिर

Bigg Boss Malayalam 8: Wildcard entrant Shibna gets evicted after week 3 from Mohanlal hosted show

Bigg Boss Malayalam 8: Wildcard entrant Shibna gets evicted after week 3 from Mohanlal hosted show

असोज २२ र २३ गते विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन गर्ने निर्णय

असोज २२ र २३ गते विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन गर्ने निर्णय

MTV Video Music Awards 2026 Full Winners List With Names | VMA 2026 Winners Complete List | MTV VMAs 2026 Winners Kpop BTS SWIM, Lisa (Blackpink) | MTV Video Music Awards BTS 2026 | MTV VMAs 2026 (Video Music Awards 2026) Winners Best Song, Best Artist, Best Video | MTV Video Music Awards Winners 2026 BTS, Taylor Swift, Sabrina Carpenter, Madonna, Olivia Rodrigo & Others

पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

Laguna Beach Cast: Where Are They Now? 

Laguna Beach Cast: Where Are They Now?